पैसा तिर्न नपरोस् भनेर अपहरणको नाटक ! « Khabarhub

पैसा तिर्न नपरोस् भनेर अपहरणको नाटक !


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ महानगरपालिका–४ चुनदेवी बस्ने शक्तिराज रेग्मीले विभिन्न मानिसबाट लिएको रकम तिर्न नपरोस् भनेर अपहरणमा परेको नाटक गरेको खुल्न आएको छ ।

रेग्मी असार २४ गतेदेखि हराएका थिए । परिवारले अपहरण परेको हुनसक्ने भन्ने व्यहोराको निवेदन साउन ४ गते महानगरीय अपराध महाशाखामा बुझाएका थिए ।

यस विषयमा अनुसन्धानका लागि महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई गएराति होटलबाट पक्राउ गरेपछि अपहरणको नाटक गरेको रहस्य खुलेको हो ।

रेग्मी असार २४ गते घरबाट निस्की सम्पर्कविहीन भई अपहरणको नाटक गरी नयाँ बसपार्कस्थित सुगन्ध होटलमा युवतीसँग बसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउपछि अनुसन्धान गर्दा रेग्मीले विभिन्न व्यक्तिसँग जग्गा व्यवसाय गर्छु भनी करोडौँ रुपैयाँ लिएको र पैसा तिर्नु नपरोस् भनी अपहरणको नाटक गरेको खुलेको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

अपहरणमा नपरेको तथा प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोतसाधनको दुरूपयोग भएकाले सोहीअनुसारको मुद्दामा उनीमाथि थप अनुसन्धानका लागि आज प्रहरीमा बुझाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ६ : २४ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा