पैसा तिर्न नपरोस् भनेर अपहरणको नाटक ! « Khabarhub

पैसा तिर्न नपरोस् भनेर अपहरणको नाटक !


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ महानगरपालिका–४ चुनदेवी बस्ने शक्तिराज रेग्मीले विभिन्न मानिसबाट लिएको रकम तिर्न नपरोस् भनेर अपहरणमा परेको नाटक गरेको खुल्न आएको छ ।

रेग्मी असार २४ गतेदेखि हराएका थिए । परिवारले अपहरण परेको हुनसक्ने भन्ने व्यहोराको निवेदन साउन ४ गते महानगरीय अपराध महाशाखामा बुझाएका थिए ।

यस विषयमा अनुसन्धानका लागि महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई गएराति होटलबाट पक्राउ गरेपछि अपहरणको नाटक गरेको रहस्य खुलेको हो ।

रेग्मी असार २४ गते घरबाट निस्की सम्पर्कविहीन भई अपहरणको नाटक गरी नयाँ बसपार्कस्थित सुगन्ध होटलमा युवतीसँग बसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउपछि अनुसन्धान गर्दा रेग्मीले विभिन्न व्यक्तिसँग जग्गा व्यवसाय गर्छु भनी करोडौँ रुपैयाँ लिएको र पैसा तिर्नु नपरोस् भनी अपहरणको नाटक गरेको खुलेको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

अपहरणमा नपरेको तथा प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोतसाधनको दुरूपयोग भएकाले सोहीअनुसारको मुद्दामा उनीमाथि थप अनुसन्धानका लागि आज प्रहरीमा बुझाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ६ : २४ बजे

रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्रीले दिए राजीनामा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा

‘अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि’

एजेन्सी – अष्ट्रेलियाका ४८ अर्बपतिहरूको कुल सम्पत्ति देशको ४० प्रतिशत

गगनले बाँडिसके हिमाली र उच्च पहाडी जिल्लाका २० क्षेत्रका लागि कांग्रेसको टिकट

काठमाडौं- नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन

तोसिमा कार्कीले पाइन् टिकट, पुरानै क्षेत्र ललितपुर ३ बाट उठ्ने

ललितपुर- राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले ललितपुर क्षेत्र

सरकारले खारेज गर्‍यो विवादित प्रधानमन्त्री रोजगार कार्यक्रम

काठमाडौं– सरकारले अनुत्पादक र विवादित रहँदै आएको प्रधानमन्त्री रोजगार कार्यक्रम