बाढी-पहिरोको जोखिम टरिसकेको छैन : मौसम विज्ञान विभाग « Khabarhub

बाढी-पहिरोको जोखिम टरिसकेको छैन : मौसम विज्ञान विभाग


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुलुकभर मङ्गलबार रातिदेखि मनसुन कमजोर बन्दै गए पनि जोखिम अझै टरिनसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी छ । अहिले पनि देशभर मौसम आँशिकदेखि सामान्य बदली रहेको छ ।

अहिले वर्षा गराउने न्यूनचापीय रेखा केही दक्षिणतर्फ सरेको भए पनि नेपालको पूर्वी भेग नजिक रहेकाले रातिमा मनसुन केही सक्रिय हुने देखिएको मौसमविद् शान्ति कँडेलले बताए ।

साउन ४ र ५ गते जसरी लगातार वर्षा भने नहुने तर केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको उनले बताए ।

“मनसुन कमजोर छ, तर जोखिम टरिसकेको छैन, जमिन गलिसकेकाले सामान्य वर्षाले पनि असर गर्नसक्छ, बाढीको बहाव धेरै नघटेकाले अझै सचेत हुनुपर्छ”, कँडेलले भने ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, बाग्मती र गण्डकीका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

बिहीबार अपराह्न देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा बहाव घट्ने र सतर्कता तलै हुने, आगामी तीन दिन प्रमुख र मझौला नदीमा ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती र बबईमा बहाव घट्दो हुने तर कन्काई, कमला र वाग्मतीको केही सहायक नदीमा आकस्मिक बहाव आउनसक्ने भएकाले सचेत रहन भनिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ८ : ३७ बजे

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक