नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो « Khabarhub

नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

मङ्गलबार राति खसेको पहिरो दिनभर लगाएर पन्छाएपछि बुधबार साँझबाट सडक एकतर्फी सञ्चालनमा आएको हो ।

भरतपुर महानगरपालिका वडा नं २९ को बालुवा पुल नजिकै राति ८ः४५ बजे ठूला चट्टानसहित पहिरो झरेको थियो ।

डिभिजन सडक कार्यालय भरतपुरका ई विजय दराईका अनुसार ब्रेकरले चट्टान फोरेर पहिरो पन्छाइएको हो । पहिरो पन्छाउन नारायणगढतर्फ दुई वटा एक्साभेटर र मुग्लिनतर्फ दुई वटा लोडर परिचालन गरिएको थियो ।

सो ठाउँमा झरेको पहिराले १५० मिटर सडक ढाकेको थियो । पहिरो आज बिहान ९ बजेदेखि पन्छाउन थालिएको थियो ।

पहिरो पन्छाएसँगै मुग्लिनतर्फ जाने र आउने सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । सवारीको चाप कम भएपछि सडक पूरै सफा गरिनेछ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ९ : १३ बजे

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस

फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको