त्रिभुवन विमानस्थलमा आज एकैदिन १६ आन्तरिक उडान « Khabarhub

त्रिभुवन विमानस्थलमा आज एकैदिन १६ आन्तरिक उडान


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकैदिन १६ वटा आन्तरिक उडान भएका छन् । आन्तरिकतर्फ यो बन्दाबन्दी शुरु भएयताकै सबैभन्दा बढी चार्टर्ड उडान हो ।

यसअघि असारको दोस्रो साता दैनिक १० देखि १४ वटासम्म आन्तरिक उडान भएका थिए ।

आज यती एयरलाइन्सले पोखराबाट सबैभन्दा बढी ५२ यात्रु काठमाडौँ ल्याएको छ भने सीता एयरले सुर्खेतमा १६ यात्रु लगेको छ । सिम्रिक एयर, कैलाश एयर, मनाङ एयर, एयर डाइनेष्टिको हेलिकप्टरले विभिन्न गन्तब्यमा उपचार उडान गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले गत चैत ११ बाट देशभर लागू गरेको बन्दाबन्दी मङ्गलबार रातिदेखि पूर्णरुपमा हटाउने निर्णय गरेको थियो ।

आन्तरिक तथा अन्तरराष्ट्रिय उडान पनि साउन ६ गतेसम्म प्रतिबन्ध गरिएको थियो । सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

विमानस्थलका अनुसार आज जम्मा चार अन्तरराष्ट्रिय उडान भएका छन् ।

नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट २६४ यात्रु ल्याएको छ भने हिमालय एयरलाइन्सले सोही गन्तब्यबाट दुई उडान गरि क्रमशः १४८ र १४५ यात्रु काठमाडौँ ल्याएको छ ।

रोयल एयरफोर्सले दुबईबाट १३ यात्रु नेपाल ल्याएको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बिहीबार एकमात्र उडान शिल्क एयरले सिङ्गापुरबाट यात्रु ल्याउने विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ९ : ३८ बजे

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस

फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको