हिमालयन बैंकद्वारा कान्ति बाल अस्पतालाई सहयोग | Khabarhub Khabarhub

हिमालयन बैंकद्वारा कान्ति बाल अस्पतालाई सहयोग


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन बैंक लिमिटेडले “कान्ती बाल अस्पताल” लाई सहयोग प्रदान गरेको छ ।

बैंकको माहाराजगंज शाखामार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माहाराजगंज, काठमाण्डौ स्थित कान्ति अस्पताललाई सहयोग प्रदान गरिएको हो ।

बैंकले उक्त अस्पतालमा आउने सेवाग्राहीको सुबिधाको लागि अस्पताल हातामा रहेको उच्च प्रबिधियुक्त पानी प्रशोधन प्रणाली ¥यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र यु.एफ फिल्ट्रेसनको मर्मत–संभार गरी अस्पताललाई हस्तान्तरण गरेको छ । उक्त मेशिन मर्मत संभार गर्न बैंकले १ लाख ४२ हजार ९४५ रुपैयाँ समेत प्रदान गरेको छ ।

बैंकका तर्फबाट बैंकका माहाराजगंज शाखा प्रबन्धक अभय बहादुर शाहले उक्त मेसिनको मर्मत–संहार पछि अस्पतालका निर्देशक डा. कृष्ण प्रसाद पौडेललाई हस्तान्तरण गरेका हुन् र बैंकका तथा अस्पतालका अन्य कर्मचारीहरु पनि सो कार्यक्रममा उपस्थिति रहेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  १० : २५ बजे

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’

जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आईटी सेल