झापाको मेचीनगर, बुद्धशान्ति, कमल र गौरीगञ्जको १५ वडामा निषेधाज्ञा « Khabarhub

झापाको मेचीनगर, बुद्धशान्ति, कमल र गौरीगञ्जको १५ वडामा निषेधाज्ञा


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि त्यसको रोकथाम र नियन्त्रण गर्न झापाका विभिन्न स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ ।

झापाका मेचीनगर, कमल, बुद्धशान्ति र गौरीगञ्जका १५ वटा वडामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा लागू भएका क्षेत्रमा बस, सिटी सफारी, ट्रक, कार, जीप, टेम्पो, माइक्रो लगायतका यातायतका साधन गुड्न निषेध गरिएको प्रशासनले जारी गरेको आदेशमा जनाइएको छ ।

सो इलाकामा मानिसहरुको आवतजावतमा समेत रोक लगाइएको छ । पूर्व पश्चिम राजमार्गमा भने यातायातका साधन चलाउन रोकिएको छैन ।

मेचीनगर नगरपालिकाको वडा नं. ६, ७ र ८ मा, बुद्धशान्ति गाउँपालिकाको सबै वडामा, कमल गाउँपालिकाको वडा नं. ३ को फाल्गुनन्द टोल र शान्ति टोलको पूर्वमा केर्खाखोला, पश्चिममा ढ्याङ्ग्री खोला, उत्तरमा राजमार्गको दक्षिण र दक्षिणमा निहारिक स्कुल अगाडिको तेर्सो बाटोसम्म र गौरीगञ्जको वडा नं. ३, ४, ५ र ६ मा निषेधाज्ञा लगाइएको छ ।

मेचीनगरमा अर्को सूचना नभएसम्मका लागि, कमल गाउँपालिकाको वडा नं. ३ मा भदौ ९ गते राति १२ बजेसम्मका लागि, बुद्धशान्ति गाउँपालिकाका सबै वडामा भदौ ९ गते राति १२ बजेसम्मका लागि र गौरीगञ्जमा अर्को सूचना नभइञ्जेलसम्मका लागि निषेधाज्ञा लगाइएको हो ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  १० : २२ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका