झापाको मेचीनगर, बुद्धशान्ति, कमल र गौरीगञ्जको १५ वडामा निषेधाज्ञा « Khabarhub

झापाको मेचीनगर, बुद्धशान्ति, कमल र गौरीगञ्जको १५ वडामा निषेधाज्ञा


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि त्यसको रोकथाम र नियन्त्रण गर्न झापाका विभिन्न स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ ।

झापाका मेचीनगर, कमल, बुद्धशान्ति र गौरीगञ्जका १५ वटा वडामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा लागू भएका क्षेत्रमा बस, सिटी सफारी, ट्रक, कार, जीप, टेम्पो, माइक्रो लगायतका यातायतका साधन गुड्न निषेध गरिएको प्रशासनले जारी गरेको आदेशमा जनाइएको छ ।

सो इलाकामा मानिसहरुको आवतजावतमा समेत रोक लगाइएको छ । पूर्व पश्चिम राजमार्गमा भने यातायातका साधन चलाउन रोकिएको छैन ।

मेचीनगर नगरपालिकाको वडा नं. ६, ७ र ८ मा, बुद्धशान्ति गाउँपालिकाको सबै वडामा, कमल गाउँपालिकाको वडा नं. ३ को फाल्गुनन्द टोल र शान्ति टोलको पूर्वमा केर्खाखोला, पश्चिममा ढ्याङ्ग्री खोला, उत्तरमा राजमार्गको दक्षिण र दक्षिणमा निहारिक स्कुल अगाडिको तेर्सो बाटोसम्म र गौरीगञ्जको वडा नं. ३, ४, ५ र ६ मा निषेधाज्ञा लगाइएको छ ।

मेचीनगरमा अर्को सूचना नभएसम्मका लागि, कमल गाउँपालिकाको वडा नं. ३ मा भदौ ९ गते राति १२ बजेसम्मका लागि, बुद्धशान्ति गाउँपालिकाका सबै वडामा भदौ ९ गते राति १२ बजेसम्मका लागि र गौरीगञ्जमा अर्को सूचना नभइञ्जेलसम्मका लागि निषेधाज्ञा लगाइएको हो ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  १० : २२ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको