सम्भव हुने कार्यक्रम मात्र गरेर निजामती दिवस मनाउन निर्देशन « Khabarhub

सम्भव हुने कार्यक्रम मात्र गरेर निजामती दिवस मनाउन निर्देशन


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोरोना भाइरस (कोभिड १९)को कारणले यस वर्षको निजामती सेवा दिवस सम्भव हुने कार्यक्रम मात्र गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ ।

निजामती सेवा दिवस मूल समारोह समितिका संयोजक मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा हालै बसेको बैठकले कोभिड १९ को सङ्क्रमणको जोखिम बढ्दै गएकोले बन्दाबन्दीको नियम पालना र स्वास्थ्यका न्यूनतम मापदण्ड अपनाएर दिवसमा सम्भव हुने मात्र कार्यक्रम संचालन गर्न तीनै तहलाई निर्देशन दिएको हो ।

बैठकले निजामती सेवा पुरस्कार प्रदान गरिने कर्मचारीको नामावली घोषणा गर्नका लागि सवै सरकारी निकायमा कार्यरत कर्मचारीलाई समेटिने गरी १५ दिनको सूचना सूचना तथा सञ्चार मन्त्रालयको वेवसाइटमा प्रकाशन गर्ने निर्णय गरेको छ ।

निजामती सेवा ऐन जारी गरेको सम्झनामा २०६१ सालबाट हरेक वर्ष भदौ २२ गते दिवस मनाउने गरिन्छ । बैठकले दिवसकै अवसरमा गोरखापत्र दैनिकमा निजामती सेवा विशेषाङ्क प्रकाशन गर्ने, आवश्यक श्रव्य दृश्य, पम्प्लेट आदि सन्देशमूलक सामाग्री तयारी गरी प्रचारप्रसार गर्न तथा रेडियो नेपाल र नेपाल टेलिभिजनमा निजामती सेवा सम्बन्धी विषयमा छलफल कार्यक्रम सञ्चालन गर्न सञ्चार मन्त्रालयलाई दिइने निर्णय गरेको छ ।

यस्तै दिवसकै अवसरमा सो सेवाप्रतिको जनअपेक्षा विषयक खुला निवन्ध प्रतियोगिता आयोजना गर्ने, कर्मचारीको आधिकारिक ट्रेड यूनियन लगायत सरोकारवाला संघसंस्थालाई स्वास्थ्यको मापदण्ड अवलम्बन गरी रचनात्मक कार्यक्रम गर्न अनुरोध समेत गरेको छ ।

बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा ११ सदस्यीय निजामती सेवा दिवस कार्यक्रम संयोजन उपसमिति गठन गरेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  १० : ४४ बजे

पार्टीको विवाद अदालतमा पुनरावलोकन भइरहेको छ, धेरै टिप्पणी गर्दिनँ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको विवाद सर्वोच्च अदालतमा

संसद्‌ भवन परिसरमा वृक्षारोपण  

काठमाडौं– निर्माणाधीन सङ्घीय संसद्‌ परिसरमा वृक्षारोपण गरिएको छ ।  शुक्रबार

ग्यासको हाहाकार टार्न चितवनमा एकद्वार प्रणाली (तस्बिरहरू)

भरतपुर– ग्यासको हाहाकार भएपछि चितवनमा एकद्वार प्रणालीबाट वितरण थालिएको छ ।

सुकेधाराबाट इतर पक्षको घोषणा : गगन थापालाई कांग्रेसको सभापति मान्दैनौँ

काठमाडौं- नेपाली कांग्रेसभित्र सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा

गगनमाथि पूर्णबहादुरको प्रहार : अवैध विशेष महाधिवेशनबाट सभापति बने, चुनावमा आफू र पार्टीलाई खाल्डामा पारे

काठमाडौं- नेपाली कांग्रेसका तत्कालीन उपसभापति पूर्णबहादुर खड्काले सभापति गगन थापामाथि