गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८६८ « Khabarhub

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८६८


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८०० नाघेको छ ।

शनिबार थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ८०० नाघेको हो ।

कास्की १६ नवलपुरमा तीन, तनहुँ दुई, स्याङजाका दुई र बागलुङका एक जनामा कोरोना सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ हजार ८६८ पुगेको छ ।

डा.शर्माका अनुसार गण्डकी प्रदेशमा अहिलेसम्म एकहजार ५९२ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म सात जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशका नौ जिल्लाका अस्पतालका आइसोलेशनमा २६९ जना रहेका छन् । हाल आइसोलेशनमा सक्रिय रहेका २४७ केश छन् । क्वारेन्टिनमा एक हजार ८४ जना रहेका छन् ।

गण्डकीमा भारतबाट १२ हजार ९१५ र तेस्रो मुलुकबाट ६ हजार १९८ गरी जम्मा १९ हजार ११३ प्रदेश भित्रिएको तथ्याङ्क छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  १ : २९ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन