दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना संक्रमण पुष्टि « Khabarhub

दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना संक्रमण पुष्टि


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीन दिनअघि गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका­४ निवासी ६८ वर्षीय वृद्धमा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित ती वृद्धको ती वृद्धको गत भदौ २ गते गाउँमै स्वाब सङ्कलन गरिएको थियो ।

स्वाब सङ्कलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उनको भदौ ३ गते मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख यादवले बताए।

उनको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ्गको काम शुरु गरिएको प्रमुख यादवको भनाइ छ ।

योसँगै सिरहामा कोरोना संक्रमण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । यसअघि सिरहाको गोलबजार नगरपालिका १२ का २२ वर्षीय युवक र विष्णुपुर गाउँपालिका­ १ का ४० वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  २ : ५२ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले