ब्राजिलमा कोरोना भाइरसबाट १ लाख १३ हजारभन्दा बढीको मृत्यु « Khabarhub

ब्राजिलमा कोरोना भाइरसबाट १ लाख १३ हजारभन्दा बढीको मृत्यु


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घन्टाभित्र ३२ हजार जना भन्दा बढीको संख्यामा सङ्क्रमितहरु भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा मात्र ३२ हजार ५५४ जना कोभिड १९ का सङ्क्रमित भेटिएका बताइएको हो ।

त्यसैगरी यहाँ गएको २४ घन्टामा एक हजार बढीको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ १ हजार ५४ जनाको गएको २४ घन्टामा नै निधन भएको हो ।

यहाँ अघिल्लो दिनको तुलनामा सङ्क्रमितको संख्यामा भने कमी आएको बताइएको छ । प्राप्त समाचारमा अघिल्लो दिन ४५ हजार जनामा सङ्क्रमण देखिएकोमा २४ घन्टायता त्यसमा कमी आएको हो ।

अहिलेसम्म यहाँका संक्रमितको संख्या ३५ लाख ३६ हजार जना पुगेको बताइएको छ । यहाँका २६ लाख ७० हजार भन्दा बढी नागरिक भने निको भएर घर फर्किएका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख १३ हजारभन्दा बढी पगेको बताइएको छ । यस संक्रमणबाट विश्वमा २ करोड ३१ लाख भन्दा बढी नागरिक संक्रमित भएका छन् भने ८ लाख ३ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

ब्रालिज अमेरिकापछि सबैभन्दा बढी सङ्क्रमित हुने देश हो । अमेरिकामा कोरोना भाइरसका करिब ५८ लाख मानिस सङ्क्रमित पाइएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ३ : २८ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले