आज थप ६३४ जनामा कोरोना पुष्टि, १३६ जना संक्रमण मुक्त « Khabarhub

आज थप ६३४ जनामा कोरोना पुष्टि, १३६ जना संक्रमण मुक्त


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

डा गौतमका अनसार नयाँ थपिएका संक्रमित मध्ये १८२ जना महिला र ४५२ जना पुरुष छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ११७ जना पुगेको छ । भने १८ हजार ३५० जना निको भइसकेका छन् ।

डा गौतमका अनुसार आज ९ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या १४० पुगेको छ ।

उनका अनुसार संक्रमित मध्ये प्रदेश १ का जिल्लाहरुमा इलामाका एकजना, झापाका १७ जना, भोजपुरका ३ जना, मोरङका ५२ जना, संखुवासभाका एकजना र सुनसरीका ३१ जना रहेका छन् ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ३ जना, पर्साका ५९ जना, बाराका १० जना, महोत्तरीका एकजना, रौतहटका २ जना, सप्तरीका ३ जना, सर्लाहीका एकजना र सिरहाका ३५ जना छन् ।

डा गौतमका अनुसार बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका १६० जना, काभ्रेका ३ जना, चितवनका २७ जना, दोलखाका ४ जना, धादिङका २ जना, नुवाकोटका २ जना, भक्तपुरका ५० जना, ललितपुरका ६ जना र सिज्धुलीका एकजना छन् ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका १६ जना, तनहुँका २ जना, नवलपरासी पूर्वका ३ जना, बाग्लुङका एकजना र स्याङ्जाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तुका १५ जना, नवलपरासीका ३ जना, पाल्पाका एकजना, प्युठानका एकजना, बर्दियाका ७ जना, बाँकेका २८ जना, रुपन्देहीका २३ जना र रोल्पाका एकजना रहेका छन् ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा जुम्लाका २ जना, सल्यानका ६ जना, र सुर्खेतका २ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपशिचम प्रदेशका जिल्लाहरुमा कैलालीका १४ जना, डडेल्धुराका एकजना र डोटीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा मात्र २१६ जना नयाँ संक्रमित फेला परेका छन् ।

अहिले ११ हजार ६५८ जना क्वारेन्टिनमा बसिरहेका छन् । सक्रिय संक्रमितमध्ये १३५ जना आइसीयू र १२ जना भेन्टिलेटरमा रहेका छन् । भेन्टिलेटरमा रहेका संक्रमित बागमती प्रदेशमा छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ४ : ३३ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन