पीसीआर परीक्षण मात्रै समाधान होइन, सावधानी अपनाऔँ : मेयर शाक्य « Khabarhub

पीसीआर परीक्षण मात्रै समाधान होइन, सावधानी अपनाऔँ : मेयर शाक्य


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमणको दर उच्च बनेको भन्दै काठमाडौँ उपत्यकाका बासिन्दालाई उच्च सावधानी अपनाउन आग्रह गरेका छन ।

काठमाडौँमा दैनिक औषत २ सय जना कोरोना संक्रमित थपिदै गएपछि मेयर शाक्यले अब पीसीआर परीक्षण मात्रै समाधानको उपाय नभएको भन्दै सावधानी अपनाउन आह्वान गरेका हुन् ।

‘काठमाडौँ महानगरपालिकासँगै उपत्यकामै कोरोना संक्रमणको दर उच्च बन्दै गएको छ,’ मेयर शाक्यले भने, ‘हामी सबैले सतर्कता नअपनाउने हो भने अवस्था थप भयावह हुनसक्छ । हामी कोही पनि त्रसित हुनु पर्दैन । तर, सावधानी सबैले अपनाउनै पर्छ ।’

उपत्यकावासीले यसअघि पनि लामो समयसम्मको लकडाउनलाई पूर्णपालना गरी सरकारलाई सहयोग गरेको स्मरण गराउँदै प्रमुख शाक्यले अझै केही समय कष्ट सहेर भए पनि निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरे ।

‘संघीय, प्रदेश र स्थानीय सरकार कोरोना नियन्त्रणको प्रयासमा निरन्तर लागेको छ,’ उनले भने  ‘सरकारले गरेको आग्रहलाई पूर्ण पालना गरी तपाईँहरुले  सावधानी अपनाउनु भयो भने संक्रमणको सम्भावना निकै कम हुन्छ ।’

लकडाउन हटे पनि कोरोना अझै हटेको छैन भन्ने बुझाउन नसक्दा मानिसहरू धमाधम उपत्यका भित्रिएर संक्रमण बढेको उनको दाबी छ । ‘परीक्षण गरेर आउनेले आफू र अरुलाई पनि सुरक्षित बनाए,’ उनले भने, ‘तर, लुकिछिपी ल्याउने र आउनेले गर्दा उपत्यका आक्रान्त हुने अवस्थामा पुग्यो ।’

पीसीआर परीक्षण कोरोना भाइरसको संक्रमण रहे–नरहेको पुष्टि गर्ने अन्तिम परीक्षण मात्र भएको स्मरण गराउँदै उनले भने, ‘पीसीआर औषधि होइन र यसले कोरोना रोकथाम गर्दैन आफैँ सजग बनौँ ।’

काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा १० वटा कन्ट्याक्ट ट्रेसिङ टोली बनाएर काम गरिरहेको उनले जानकारी दिए । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मात्रै संक्रमितको संख्या करीब १ हजार ५०० पुगेको छ भने होम आइसोलेशनमा बस्नेको संख्या ३ सय ५० हाराहारी छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ७ : ०३ बजे

सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी

काठमाडौं–  सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२-८३ मा सातवटा मुद्दा

२६ दिनमा सोनम वाङ्चुकले तोडे अनसन

काठमाडौँ – भारतमा प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणलाई लिएर विगत

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ)र अवैधानिक वित्तीय कारोबार

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

काठमाडौं– नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर

भारतको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’

काठमाडौँ – नेपाली चलचित्रका चर्चित अभिनेता नाजिर हुसेनले दिल्लीस्थित इन्दिरा