जातीय विभेद गर्ने तीन जना पक्राउ « Khabarhub

जातीय विभेद गर्ने तीन जना पक्राउ


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम : दलितसँग बिवाह गरेकै कारण छोरीलाई मरेका आफ्नै बुवाको अनुहार हेर्न र सामूहिक रुपमा काजकिरिया गर्न समेत नदिनेहरु तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

इलामको माई नगरपालिकास्थित वडा नं. २ दानाबारीकी यामकला आचार्य विश्वकर्मालाई दलितसँग विवाह गरेको कारण बुवाको अनुहार हेर्न र काजकिरिया समेत गर्न नदिएपछि उनले दिएको जाहेरीको आधारमा प्रहरीले यामकलाको भाई टिकाराम आचार्य, छिमेकी लक्ष्मी दंगाल र ठूलो बुवाकी छोरी पार्वती आचार्य बजगाईंलाई पक्राउ गरेको हो ।

जातीय भेदभाव भएको भनि यामकलाले दिएको जाहेरीका आधारमा भाई टिकाराम सहित ३ जनालाई पक्राउ गरि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरिक्षक नवीनकुमार राईले बताए ।
उनीहरुलाई थुनामा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाउन जिल्ला अदालत इलामबाट सात दिनको म्याद थप गरिएको प्रहरी उपरिक्षक राईले बताए ।

बुवाको मृत्युपछि घरमा र घाटमा समेत बुवाको मुख हेर्न नदिएको पक्राउ परेपछि यामकला भनिन् ‘मलाई काजकिरिया गर्नबाट समेत बञ्चित गरियो । उनीहरुलाई पक्राउ गरेपछि न्याय पाउँछु कि जस्तो लागेको छ । मेरो भावी पुस्ताले यस्तो विभेद र अपमान भोग्नु नपरोस् भनेर नै न्याय माग्न प्रहरी प्रशासनसम्म पुगेको हुँ ।’

करिब १२ बर्ष दलितसँग विवाह गरेकै कारण माइती घरसँगको सम्बन्ध टुटेकी यामकलाका बवाको गत साउन २० गते निधन भएपछि घटनाक्रम विकास भएको थियो । उनले माइती घरभन्दा करिब तीन सय मिटर उत्तरमा घर भएका रत्नबहादुर विश्वकर्मासँग बिवाह गरेकी थिइन् ।

त्यसबीचमा उनलाई माइती पक्षले बोलाएका थिएनन् । उल्टै गाली, बेइज्जती र अपमान गरेको उनी बताउँछिन् । दलितसँग बिवाह गरेकै कारण विभेद भोग्न बाध्य पारिएकी यामकलाका ३ जना सन्तानहरु रहेका छन् । यामकला माई नगरपालिकाकी उपमेयर एवं नगरपालिकाको न्यायिक समितिकी संयोजक समेत रहेकी बिष्णुमाया आचार्यकी सहोदर जेठाजुकी छोरी (भतिजी) हुन् ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ८ : ०१ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका