रगतको अभाव देखिएपछि रक्तदानका लागि अनुरोध « Khabarhub

रगतको अभाव देखिएपछि रक्तदानका लागि अनुरोध


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल रेडक्रस सोसाइटीले बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकाले केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा न्यून मात्रामा रगत मौज्दात रहेको जनाएको छ ।

केन्द्रीय रक्तसञ्चार सेवाकाअनुसार शनिवारको लागि बुक गरिएका अधिकांश क्याम्पहरु निषेधाज्ञाका कारण स्थगित भएका छन् । दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसुति, मुटु, क्यान्सर तथा मिर्गौला विरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक शल्यक्रिया गर्नुपर्ने विरामीहरुका आफन्तहरु केन्द्रीय रक्तसञ्चार केन्द्रमा आइरहेका तर पर्याप्त रगत आपूर्ति गर्न नसकिएको सेवाका निर्देशक पवन गुप्ताले जानकारी दिए ।

केन्द्रमात्र होइन धरान, विराटनगर, चितवनलगायत स्थानमा पनि रगत अभाव भइरहेको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । ती क्षेत्रका अधिकांश भागमा निषेधाज्ञा लागू रहेको र आसपासका जिल्लाहरुबाट पहिलेजस्तो सहयोग हुनसक्ने परिस्थिति नरहेको उनले बताए ।

यद्यपि नेपालगञ्जमा भने तुलनात्मकरूपमा सहज देखिएको छ । रगतको माग भइरहेकाले रक्तदाता, सङ्घसंस्था र रेडक्रसका निकायहरुले सानो समूहमा भए पनि स्थानीय पालिका र प्रशासनको सहयोगमा रक्तदानको कार्यक्रम आयोजना गर्न गराउन सके रगत आपूर्ति सहज हुने रेडक्रसले जनाएको छ ।

नियमित रक्तदाता तथा युवाहरुले नजिकका केन्द्रहरुमा गई रक्तदान गर्नसक्ने र बिरामीको रक्तसमूहसँग मिल्ने साथीभाइ, इष्टमित्रहरुसँग पहिल्यै सोधखोज, उत्प्रेरणा तथा अनुरोध गरेमा कुरुवा र
आफन्तजनलाई पनि सजिलो हुने निर्देशक पौडेलले बताए । सुरक्षित तवरले रक्तदान गर्दा वा गराउँदा कोभिड–१९ को जोखिम नरहने विश्व स्वास्थ्य सङ्घले यसअघि नै स्पष्ट पारिसकेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ८ : २८ बजे

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा