खरिपाटीको आइसोलेसन कक्षको प्रदेशमन्त्री दुलालले गरे निरीक्षण « Khabarhub

खरिपाटीको आइसोलेसन कक्षको प्रदेशमन्त्री दुलालले गरे निरीक्षण


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन कक्षको बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले निरीक्षण गरेका छन् ।

सरकारले खरिपाटीमा बनाएको क्वारेन्टिनलाई ५०० बेडको आइसोलेसन बनाउन निर्देशन दिएपछि धमाधम आइसोलेसन कक्ष बनाइरहेको उक्त स्थानको प्रदेशमन्त्री दुलाले निरीक्षण गरेका हुन् ।

भक्तपुर अस्पतालको नेतृत्वमा २०० बेडको आइसोलेसन बनाएपछि शनिबार मन्त्री दुलाल खरिपाटी पुगेका हुन् ।

सो अवसरमा उनलाई अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र मेडिकल सुपरिटेण्डेण्ट डा.सुमित्रा गौतमले आइसोलेसनको बारेमा जानकारी गराए ।

मन्त्री दुलालले भक्तपुर अस्पतालमा निर्माण भएको सघन उपचारकक्ष (आइसीयू) र आइसोलेसन सेन्टरको निरीक्षण गरे ।

सो क्रममा अस्पतालका अध्यक्ष सुवाल र मेसु डा.गौतमले सरकारको निर्देशनानुसार भक्तपुर अस्पतालमा ३० बेड आइसीयू र आइसोलेसन तथा खरिपाटीमा २०८ बेड गरी २३८ बेड तयार गरिएको जानकारी गराइन् ।

खरिपाटीस्थित आइसोलेसनमा शनिबार १० र भक्तपुर अस्पतालमा चार बिरामी आइसोलेसनमा राखिएको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ९ : ५० बजे

सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी

काठमाडौं–  सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२-८३ मा सातवटा मुद्दा

२६ दिनमा सोनम वाङ्चुकले तोडे अनसन

काठमाडौँ – भारतमा प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणलाई लिएर विगत

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ)र अवैधानिक वित्तीय कारोबार

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

काठमाडौं– नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर

भारतको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’

काठमाडौँ – नेपाली चलचित्रका चर्चित अभिनेता नाजिर हुसेनले दिल्लीस्थित इन्दिरा