आफ्नो मुलुकको रक्षा गर्न इरान सक्षम छ : सर्वोच्च नेता खामेनी | Khabarhub Khabarhub

आफ्नो मुलुकको रक्षा गर्न इरान सक्षम छ : सर्वोच्च नेता खामेनी


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इरान आफ्नो राष्ट्रको रक्षा गर्न सक्षम रहेको विगतको इराकसँगको युद्धले पुष्टि गरिसकेको इरानले बताएको छ ।

आफ्नो राष्ट्रको रक्षा गर्न र नागरिकलाई सुरक्षा प्रदान गर्न सक्षम रहेको सर्वोच्च नेता अयातुल्ला अली खामेनीले बताएका छन ।

सन् १९८० देखि १९८८ सम्म इराकसँग एक्लै लडेर आफ्नो मुलुकको सार्वभौमसत्ताको रक्षा गरेको उनले दावीसमेत गरे ।

उनले भने, ‘आठ वर्ष ‘उनीहरू’ले सकेजति सबै कोशिस गरे अझै केही पनि हासिल गर्न सकेनन् । के इरानको लागि यो ठूलो विजय हो ?’

इरान–इराक युद्धको वर्षगाँठ मनाउन ‘होली डिफेन्स’ हप्ताको सुरूमा देशभरका शीर्ष सैन्य कमाण्डरहरू र युद्धका दिग्गजहरूलाई टेलिभिजनद्वारा गरिएको भिडियो सन्देशमा खामेनीका पछिल्ला अभिव्यक्ति सार्वजनिक भएका हुन् ।

‘होली डिफेन्सले इरानप्रति आक्रामक हुनु धेरै महँगो हुनेछ,’ उनले भने ।

‘जब कुनै राष्ट्रले आफ्नो रक्षा गर्ने शक्ति र दृढ सङ्कल्प देखाउँछ, यसले आक्रमणकारीलाई आक्रमण गर्नुअघि दुई पटक सोच्न बाध्य पार्छ,’ खामेनीले भने ।

इरानविरुद्ध अमेरिकाले एकलरूपमा नाकाबन्दीको घोषणा गरेको दावी गर्दै उनले भने, ‘यदि कोही बुद्धिमानीपूर्वक कार्य गर्न चाहन्छ भने उसको इरानसँगको युद्ध आफ्नो फाइदाको लागि हुने छैन । यो धेरै खर्चिलो भएको महसुस हुनेछ ।’

इराकी शासक सद्दाम हुसेनले इरानमा इस्लामिक क्रान्तिको डेढ वर्षपछि आक्रमण गरेको स्मरण गर्दै उक्त युद्ध पनि इराक एक्लैले नलडेको नेता खामेनीले दावी गरे । इरान–इराक युद्ध संयुक्त राष्ट्र सङ्घीय युद्धविरामबाट अन्त्य भएको थियो ।

खामेनीले उक्त द्वन्द्वले इरानको क्रान्तिलाई पहिलेभन्दा ‘धेरै बलियो’ बनाएको समेत दावी गरे ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ५ : ३५ बजे

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा