आफ्नो मुलुकको रक्षा गर्न इरान सक्षम छ : सर्वोच्च नेता खामेनी « Khabarhub

आफ्नो मुलुकको रक्षा गर्न इरान सक्षम छ : सर्वोच्च नेता खामेनी


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इरान आफ्नो राष्ट्रको रक्षा गर्न सक्षम रहेको विगतको इराकसँगको युद्धले पुष्टि गरिसकेको इरानले बताएको छ ।

आफ्नो राष्ट्रको रक्षा गर्न र नागरिकलाई सुरक्षा प्रदान गर्न सक्षम रहेको सर्वोच्च नेता अयातुल्ला अली खामेनीले बताएका छन ।

सन् १९८० देखि १९८८ सम्म इराकसँग एक्लै लडेर आफ्नो मुलुकको सार्वभौमसत्ताको रक्षा गरेको उनले दावीसमेत गरे ।

उनले भने, ‘आठ वर्ष ‘उनीहरू’ले सकेजति सबै कोशिस गरे अझै केही पनि हासिल गर्न सकेनन् । के इरानको लागि यो ठूलो विजय हो ?’

इरान–इराक युद्धको वर्षगाँठ मनाउन ‘होली डिफेन्स’ हप्ताको सुरूमा देशभरका शीर्ष सैन्य कमाण्डरहरू र युद्धका दिग्गजहरूलाई टेलिभिजनद्वारा गरिएको भिडियो सन्देशमा खामेनीका पछिल्ला अभिव्यक्ति सार्वजनिक भएका हुन् ।

‘होली डिफेन्सले इरानप्रति आक्रामक हुनु धेरै महँगो हुनेछ,’ उनले भने ।

‘जब कुनै राष्ट्रले आफ्नो रक्षा गर्ने शक्ति र दृढ सङ्कल्प देखाउँछ, यसले आक्रमणकारीलाई आक्रमण गर्नुअघि दुई पटक सोच्न बाध्य पार्छ,’ खामेनीले भने ।

इरानविरुद्ध अमेरिकाले एकलरूपमा नाकाबन्दीको घोषणा गरेको दावी गर्दै उनले भने, ‘यदि कोही बुद्धिमानीपूर्वक कार्य गर्न चाहन्छ भने उसको इरानसँगको युद्ध आफ्नो फाइदाको लागि हुने छैन । यो धेरै खर्चिलो भएको महसुस हुनेछ ।’

इराकी शासक सद्दाम हुसेनले इरानमा इस्लामिक क्रान्तिको डेढ वर्षपछि आक्रमण गरेको स्मरण गर्दै उक्त युद्ध पनि इराक एक्लैले नलडेको नेता खामेनीले दावी गरे । इरान–इराक युद्ध संयुक्त राष्ट्र सङ्घीय युद्धविरामबाट अन्त्य भएको थियो ।

खामेनीले उक्त द्वन्द्वले इरानको क्रान्तिलाई पहिलेभन्दा ‘धेरै बलियो’ बनाएको समेत दावी गरे ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ५ : ३५ बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा