कान्ति बालअस्पतालमा बिपन्न बिरामीको आकस्मिक उपचार नि:शुल्क हुने « Khabarhub

कान्ति बालअस्पतालमा बिपन्न बिरामीको आकस्मिक उपचार नि:शुल्क हुने


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कान्ति बाल अस्पतालले गरिब तथा विपन्न नागरिकका लागि आकस्मिक उपचार सेवा निशुल्क कार्यक्रम सुरु गरेको छ ।

अस्पतालका निर्देशक डा.कृष्ण पौडेलले सरकारको नीति तथा कार्यक्रममा सम्बोधित गरिब तथा विपन्न नागरिकको आकस्मिक उपचार निशुल्क कार्यक्रम कार्यान्वयन गरेको बताए । अस्पतालमा गरिब तथा बिपन्नको प्रारम्भिक चरणको आकस्मिक उपचार गर्दा अब पैसा नलाग्ने उनले बताए ।

कुनै पनि व्यक्ति पैसा नभएर आकस्मिक सेवा लिनबाट वञ्चित नहोओस् भन्ने उद्देश्यले चालु आर्थिक वर्ष २०७७/७८ देखि लागू हुने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक सेवा कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको थियो ।

सरकारले आकस्मिक उपचार निशुल्क कार्यक्रम वीर अस्पताल, मानसिक अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति गृह, नरदेवी आयुर्वेदिक अस्पताल, सिभिल अस्पताल, नेपाल पुलिस अस्पतालमा सुरु हुन बाँकी छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  १ : ०० बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी