श्रीमती जिस्काएको निहुँमा सुनसरीमा एक वृद्धमाथि खुकुरी प्रहार « Khabarhub

श्रीमती जिस्काएको निहुँमा सुनसरीमा एक वृद्धमाथि खुकुरी प्रहार


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सुनसरीको इनरुवामा आफ्नी श्रीमतीलाई जिस्क्याएको भन्दै एक पुरुषले वृद्धमाथि खुकुरी प्रहार गरेका छन्।

प्रहरीका अनुसार इनरुवा नगरपालिका–८ का बलबहादुर खड्काले छिमेकी ६५ वर्षिय चन्द्रबहादुर कोइराला श्रीमतीलाई जिस्काएको भन्दै खुकुरी प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाकाअनुसार खड्काले कोइरालामाथि खुकुरी प्रहार गरेको अनुसन्धानको क्रममा खुलेको छ।

खड्काले वृद्धको हर्कतबाट आजित भएर उनीमाथि खुकुरी प्रहार गरेको बयान प्रहरीसमक्ष दिएका छन्।

सो क्रममा वृद्धकी पत्नी भगवती कोइराला समेत घाइते भएकी छिन्। दुवैको शरीरका विभिन्न अंगमा खुकुरीको चोट लागेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  २ : ०९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु