एकैदिन काठमाडौँ भित्रने २२ हजार, बाहिरिने २५ हजार « Khabarhub

एकैदिन काठमाडौँ भित्रने २२ हजार, बाहिरिने २५ हजार


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा विभिन्‍न नाका प्रयोग गरी २२ हजार ८ सय ४६ यात्रु काठमाडौं उपत्यकामा भित्रिएका छन् । यस्तै २५ हजार २ सय ६४ जना यात्रु बाहिरिएका छन् ।

यही अवधिमा ५ हजार २ सय ४ वटा सवारीसाधन उपत्यका भित्रिएका छन् । ४ हजार ८ सय ८० सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् ।

महानगरीय ट्राफिक महाशाखाका एसपी रामेश्वरप्रसाद यादवले नाकामा सरकारले तोकेको मापदण्ड पूरा गरे/नगरेको जाँच भइरहेको बताए । उनका अनुसार दैनिक २५ हजारको हाराहारीमा उपत्यका भित्रिने र बाहिरिने यात्रु छन् ।

काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । विभिन्‍न नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने लामो दूरीका सवारीसाधन पनि सामान्य रुपमै सञ्‍चालन भइरहेको एसपी यादवले जानकारी दिए ।

उपत्यकामा आज जोर नम्बरका सवारीसाधन सञ्‍चालन भइरहेका छन् । नम्बर प्लेटको अन्तिम अंकका आधारमा सवारीसाधनको जोर-बिजोर छुट्याइएको हो ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  २ : २१ बजे

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ