राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिह्न ‘हलो’ मा जुट्यो सहमति « Khabarhub

राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिह्न ‘हलो’ मा जुट्यो सहमति


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिह्न हलो हुने भएको छ । गत फागुनमा पार्टी एकता भए पनि चुनाव चिह्नबारे टुंगो लाग्न सकेको थिएन ।

अध्यक्षत्रय पशुपति शमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीसहित कार्यसम्पादनका सदस्यहरु को बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले दल दर्ताका लागि निर्वाचन आयोगमा जाने निर्णय गरेको छ ।

बैठकले राजसंस्थासहितको हिन्दू राष्ट्र बनाउने लक्ष्यका साथ एकीकृत राप्रपाको अन्तरिम विधान कायम गर्ने, पार्टीको एकता महाधिवेशन आगामी वैशाख २५ गतेदेखि २८ गतेसम्म काठमाडौंमा गर्ने, त्यस्तै राप्रपाको झण्डा साविकको राप्रपाले प्रयोग गरिरहेको गाई अंकित झन्डा रहने र चुनाव चिन्ह साविकको राप्रपा (संयुक्त) ले प्रयोग गरेको हलो हुने लगायतका निर्णय गरेको छ ।

बैठकपछि अध्यक्षत्रयले मुलुकमा नयाँ राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको उदय भएको भन्दै सबैलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

यस्तै

कमल थापाले हिन्दूराष्ट्रको एजेन्डा बोकेको राप्रपाका निम्ति गाई उपयुक्त चुनाव चिह्न भए पनि पार्टी एकता जोगाउन हलो स्वीकार गरेको बताएका छन् ।

कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर तथा प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको राप्रपा संयुक्तबीच गत फागुनमा पार्टी एकता घोषणा भएको थियो ।  अहिले कमल थापा समूहले चुनाव चिन्ह हलो स्वीकार गर्ने र पशुपति शमशेर समूहले हिन्दु राष्ट्र र राजतन्त्र स्वीकार गर्ने सहमति पार्टीमा जुटेको जनाइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ३ : ४० बजे

गोरखा बाह्रकिलो बजारका घरटहरा हटाइयो

गोरखा– गोरखा नगरपालिका–११ को सार्वजनिक जग्गामा सञ्चालित बाह्रकिलो बजारमा बनेका

सिंहदरबार गेटबाट अनेरास्ववियुका अध्यक्ष धामीसहित ७ जना पक्राउ

काठमाडौँ– सिंहदरबारको निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले नेकपा

नुवाकोट-धादिङको गगटे क्षेत्रमा धान रोपाइँको चटारो (तस्बिरहरू)

नुवाकोट– नुवाकोट र धादिङको गल्छीबीच पर्ने गगटे क्षेत्रमा मनसुन सक्रिय

कर्णालीका मन्त्रीको सामूहिक राजीनामा

सुर्खेत– कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी सबै मन्त्रीले

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर– बागमती नदीको कटानले टौदहपूर्वका केही घर जोखिममा परेका छन्