राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिह्न ‘हलो’ मा जुट्यो सहमति « Khabarhub

राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिह्न ‘हलो’ मा जुट्यो सहमति


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिह्न हलो हुने भएको छ । गत फागुनमा पार्टी एकता भए पनि चुनाव चिह्नबारे टुंगो लाग्न सकेको थिएन ।

अध्यक्षत्रय पशुपति शमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीसहित कार्यसम्पादनका सदस्यहरु को बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले दल दर्ताका लागि निर्वाचन आयोगमा जाने निर्णय गरेको छ ।

बैठकले राजसंस्थासहितको हिन्दू राष्ट्र बनाउने लक्ष्यका साथ एकीकृत राप्रपाको अन्तरिम विधान कायम गर्ने, पार्टीको एकता महाधिवेशन आगामी वैशाख २५ गतेदेखि २८ गतेसम्म काठमाडौंमा गर्ने, त्यस्तै राप्रपाको झण्डा साविकको राप्रपाले प्रयोग गरिरहेको गाई अंकित झन्डा रहने र चुनाव चिन्ह साविकको राप्रपा (संयुक्त) ले प्रयोग गरेको हलो हुने लगायतका निर्णय गरेको छ ।

बैठकपछि अध्यक्षत्रयले मुलुकमा नयाँ राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको उदय भएको भन्दै सबैलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

यस्तै

कमल थापाले हिन्दूराष्ट्रको एजेन्डा बोकेको राप्रपाका निम्ति गाई उपयुक्त चुनाव चिह्न भए पनि पार्टी एकता जोगाउन हलो स्वीकार गरेको बताएका छन् ।

कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर तथा प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको राप्रपा संयुक्तबीच गत फागुनमा पार्टी एकता घोषणा भएको थियो ।  अहिले कमल थापा समूहले चुनाव चिन्ह हलो स्वीकार गर्ने र पशुपति शमशेर समूहले हिन्दु राष्ट्र र राजतन्त्र स्वीकार गर्ने सहमति पार्टीमा जुटेको जनाइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ३ : ४० बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम