आईपीएलः चेन्नाई र राजस्थान भिड्दै « Khabarhub

आईपीएलः चेन्नाई र राजस्थान भिड्दै


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपीएल) मा आज (मंगलबार) चेन्नाई सुपर किङ्स राजस्थान रोयलबीचको खेल हुँदैछ ।

शारजहा क्रिकेट मैदान दुबईमा हुने खेलमा चेन्नाई लगातार दोस्रो जीतको खोजीमा छ ।

पहिलो खेल चेन्नाईसँग खेल्न लागेको राजस्थान भने १३ औं संस्करणको सुखद् सुरुवातको लक्ष्यमा रहेको छ ।

चेन्नाईले यो सिजनको आईपीएलको पहिलो खेलमा साबिक विजेता टोली मुम्बई इन्डियन्सलाई पराजित गर्दै राम्रो सुरुवात गरिसकेको छ ।

भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको टोलीविरुद्ध मैदान उत्रिने योजनामा रहेको राजस्थानका खेलाडीले उसलाई रोक्ने लक्ष्य बनाएका छन् ।

अस्ट्रेलियन क्रिकेट टीमका पूर्वकप्तान स्टेभ स्मिथले नेतृत्व गरेको राजस्थानका स्टार खेलाडी वेन स्टोक्स र जोस बट्लर टोलीमा छैनन् ।

जसमा बट्लर १४ दिनको क्वारेन्टिन नियमले अहिले युएईमा क्वारेन्टिनमा बसिरहेका छन् भने स्टोक्स परिवारसँगै न्युजिल्याण्डमा छन् ।

उनीहरु टोलीमा नहुँदा केही दबाब रहन सक्ने क्रिकेट जानकारको विश्लेषण छ । चेन्नाईले भने केही खेलाडी परिवर्तन गर्न सक्ने समाचारहरुमा बताइएको छ ।

तुलनात्मक रुपमा शारजहा मैदान सानो बाउन्ड्रीको भएकाले धोनीले नयाँ खेलाडीलाई मैदान उतार्न सक्ने बताइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ४ : ४५ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा