नेपाल एयरलाइन्सले काठमाडौँ-कतार थप ४ उडान गर्ने « Khabarhub

नेपाल एयरलाइन्सले काठमाडौँ-कतार थप ४ उडान गर्ने



दोहा- नेपाल एयरलाइन्सले काठमाडौँ-कतार थप ४ उडान गर्ने भएको छ ।

कतारस्थित नेपाली दूतावासका अनुसार दोहा-काठमाण्डौ सेक्टरका लागि थप ४ उडान हुने भएका हुन् ।

सेप्टेम्बर २६, २७, २९ र ३० तारिखका लागि तय भएको उडानका लागि दूतावासमा नाम दर्ता गराएकाहरु मध्ये ९५६ जनाको नामावली पनि सार्वजनिक गरिएको छ ।

यसअघि नाम प्रकाशित भई  विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुलाई समेत टिकट लिन दूतावासले अनुरोध गरेको छ ।

स्वदेश फर्किने यात्रुहरुले नेपाल सरकारको निर्णयबमोजिम पीसीआर परीक्षण गरी ७२ घण्टा भित्रको कोभिड-१९ नेगेटिभ प्रमाण खुल्ने सक्कल कागजात साथमा राख्नु पर्ने दूतावासले जनाएको छ ।

पीसीआर परीक्षण नगरी जान चाहनेहरुको हकमा आफ्नै खर्चमा ७ दिनको होटल क्वारेन्टिनमा बस्नु पर्ने छ । तर, त्यस्ता व्यक्तिले पीसीआर नेगेटिभ रहेका यात्रुसँग यात्रा गर्न पाउने छैनन् ।

होटल क्वारेन्टिनको खर्च टिकट काट्ने बेलामा लिने र होटललाई भुक्तानी गर्ने कार्य सम्बन्धित एयरलाईन्सले नै गर्नेछ। पीसीआर परीक्षण गर्नका लागि कतारका सरकारी स्वास्थ्य केन्द्र वा कतार सरकारबाट अनुमति प्राप्त निजी अस्पतालहरुमा सम्पर्क राख्न सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ५ : ४२ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल