नेपाल एयरलाइन्सले काठमाडौँ-कतार थप ४ उडान गर्ने « Khabarhub

नेपाल एयरलाइन्सले काठमाडौँ-कतार थप ४ उडान गर्ने



दोहा- नेपाल एयरलाइन्सले काठमाडौँ-कतार थप ४ उडान गर्ने भएको छ ।

कतारस्थित नेपाली दूतावासका अनुसार दोहा-काठमाण्डौ सेक्टरका लागि थप ४ उडान हुने भएका हुन् ।

सेप्टेम्बर २६, २७, २९ र ३० तारिखका लागि तय भएको उडानका लागि दूतावासमा नाम दर्ता गराएकाहरु मध्ये ९५६ जनाको नामावली पनि सार्वजनिक गरिएको छ ।

यसअघि नाम प्रकाशित भई  विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुलाई समेत टिकट लिन दूतावासले अनुरोध गरेको छ ।

स्वदेश फर्किने यात्रुहरुले नेपाल सरकारको निर्णयबमोजिम पीसीआर परीक्षण गरी ७२ घण्टा भित्रको कोभिड-१९ नेगेटिभ प्रमाण खुल्ने सक्कल कागजात साथमा राख्नु पर्ने दूतावासले जनाएको छ ।

पीसीआर परीक्षण नगरी जान चाहनेहरुको हकमा आफ्नै खर्चमा ७ दिनको होटल क्वारेन्टिनमा बस्नु पर्ने छ । तर, त्यस्ता व्यक्तिले पीसीआर नेगेटिभ रहेका यात्रुसँग यात्रा गर्न पाउने छैनन् ।

होटल क्वारेन्टिनको खर्च टिकट काट्ने बेलामा लिने र होटललाई भुक्तानी गर्ने कार्य सम्बन्धित एयरलाईन्सले नै गर्नेछ। पीसीआर परीक्षण गर्नका लागि कतारका सरकारी स्वास्थ्य केन्द्र वा कतार सरकारबाट अनुमति प्राप्त निजी अस्पतालहरुमा सम्पर्क राख्न सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ५ : ४२ बजे

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्

नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छ : अर्थमन्त्री डा वाग्ले

तनहुँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य