कतारबाट २ सय ९४ नेपाली स्वदेश फर्किए « Khabarhub

कतारबाट २ सय ९४ नेपाली स्वदेश फर्किए



दोहा – कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकमध्ये २ सय ९४ जना नेपाली स्वदेश फर्किएका छन् ।

दोहास्थित नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमार्फत ४१औं र ४२औं उडानबाट २९४ जना नेपाली मंगलवार स्वदेश फर्किएका हुन् ।

दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत १३९ जना र हिमालयन एयरलाइन्सको ९५६३२ उडानबाट १५५ स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रवीण भट्टराईले जानकारी दिए ।

स्वदेश फर्कन लागेका नेपालीहरूको यात्राको समन्वय, सहजीकरण तथा बिदाइका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

दूतावासका अनुसार सेप्टेम्बर २६, २७, २९ र ३० तारिखका लागि उडान तय भएको जनाएको छ । सेप्टेम्बर २४ र २५ तारिखमा पनि उडान गर्ने तालिका दूतावासले यसअघि नै सार्वजनिक गरेको थियो ।

कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजका अनुसार अहिलेसम्म कतारबाट ७ हजार भन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन् भने अझै १७ हजारभन्दा बढी नेपाली उद्धारको पर्खाइमा रहेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ७ : १७ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा