कतारबाट २ सय ९४ नेपाली स्वदेश फर्किए | Khabarhub Khabarhub

कतारबाट २ सय ९४ नेपाली स्वदेश फर्किए



दोहा – कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकमध्ये २ सय ९४ जना नेपाली स्वदेश फर्किएका छन् ।

दोहास्थित नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमार्फत ४१औं र ४२औं उडानबाट २९४ जना नेपाली मंगलवार स्वदेश फर्किएका हुन् ।

दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत १३९ जना र हिमालयन एयरलाइन्सको ९५६३२ उडानबाट १५५ स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रवीण भट्टराईले जानकारी दिए ।

स्वदेश फर्कन लागेका नेपालीहरूको यात्राको समन्वय, सहजीकरण तथा बिदाइका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

दूतावासका अनुसार सेप्टेम्बर २६, २७, २९ र ३० तारिखका लागि उडान तय भएको जनाएको छ । सेप्टेम्बर २४ र २५ तारिखमा पनि उडान गर्ने तालिका दूतावासले यसअघि नै सार्वजनिक गरेको थियो ।

कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजका अनुसार अहिलेसम्म कतारबाट ७ हजार भन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन् भने अझै १७ हजारभन्दा बढी नेपाली उद्धारको पर्खाइमा रहेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ७ : १७ बजे

हमास र इजरायलले गरे युद्ध विरामको सहमति

जेरुसेलम – हमास र इजरायलले १५ महिना लामो युद्ध अन्त्यको

जय ट्रफी फाइनल : आर्मीविरुद्ध पुलिस ९५ रनले अगाडि

काठमाडौं – मधेश प्रदेशको वीरगन्जमा जारी‘जय ट्रफी मेन्स एलाइट कप’

‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’

ढोरपाटन – बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी सहरबजार झर्नेको सङ्ख्या

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

१२ वटा ऐन एकमुष्ठ फेरिए (अध्यादेशको पूर्णपाठ)

काठमाडौं– सरकारले केही ऐन संशोधन गर्ने अध्यादेश ल्याएर १२ वटा