प्रदेश नं १ मा १६६ संक्रमित थपिए « Khabarhub

प्रदेश नं १ मा १६६ संक्रमित थपिए


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश न १ मा गएको २४ घण्टामा १६६ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमा ७३ महिला र ९३ पुरुष छन् । थपिएकामा सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा तीन, तेर्‍हथुममा एक र प्रदेश बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा १९ महिला र १५ पुरुष गरी ३४ जनामा संक्रमण भएको छ । सुनसरीकै दुहवीमा आठ महिला र १२ पुरुष, इटहरीमा आठ महिला र १२ पुरुष तथा रामधुनीमा दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको बुढीगङगामा आठ महिला र १५ पुरुष, विराटनगरमा ११ महिला र १० पुरुष, बेलबारीमा पाँच महिला र तीन पुरुष, रंगेलीमा दुई ,जहदामा एक पुरुष, पथरीशनिश्चरेमा एक महिला, झापाको दमकमा सात महिला र नौ पुरुष, मेचीनगरमा दुई महिला र एक पुरुष, भद्रपुरमा दुई पुरुष, अर्जुनधारामा एक पुरुष, कमलगाउँपालिका र स्थानीय तह नखुलेका एकएक महिलामा संक्रमण भएको पुष्टि भएको छ ।

यस्तै, संखुवासभाको खाँदबारीमा दुई र सभापोखरीमा एक पुरुष, तेर्‍हथुमको छथरमा एक पुरुष र प्रदेश बाहिरका दुई महिला र चार पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार ८५९ पुगेको छ भने हालसम्ममा दुई हजार ५९१ जना कोरोनाबाट मुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ३३६ जना सहित हालसम्ममा एक लाख १७ हजार ८८८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  १० : १२ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका