मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डमा नेकपा सचिवालयमा कुरा मिलेन | Khabarhub Khabarhub

मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डमा नेकपा सचिवालयमा कुरा मिलेन


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया अघि बढाएको छ।

सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भदौ २५ गते बसेको स्थायी कमिटीको निर्णयानुसार मन्त्रिपरिषद् हेरफेरको प्रक्रिया अघि बढाएको हो।

आइतबार पेरिस डाँडामा बसेको सचिवालय बैठकले औपचारिक रुपमा मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया अघि बढाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए।

‘आइतबारको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा छलफल भएको थियो। तर, मंगलबारको बैठकमा त्यस एजेण्डामा प्रवेश नै गरेन’, उनले आज बालुवाटारमा बसेको सचिवालय बैठकपछि भने।

स्थायी कमिटी र सचिवालयको निर्णयानुसार मन्त्रिपरिषद् हेरफेर सबैको सहमति​मा हुने उनले बताए। ‘स्थायी कमिटीको निर्णयानुसार सचिवालयको सहमतिमा मन्त्रिपरिषद् तत्काल पुनर्गठन हुन्छ।’

सचिवालयमा शीर्ष नेताहरुबीच कुरा नमिलेकै कारण आइतबार बसेको बैठकमा प्रमुख बनेको एजेण्डामा मंगलबारको बैठकमा छलफल नभएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको बैठकमा दिएको तीन विकल्पका विषयमा छलफल भएपनि कुरा नमिलेको एक नेताले बताए । प्रधानमन्त्री ओलीले आइतबारको बैठकमा सबै मन्त्रीहरु फेर्ने पहिलो, सुरुमा मन्त्री भएका सबैलाई हटाउने दोस्रो र केहीलाई हटाएर केहीलाई ल्याउने विकल्प दिएका थिए।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि कार्यक्षमतामा कमजोरलाई मात्रै बिदा गर्नुपर्ने बताएका थिए। वरिष्ठ नेता माधवकुमार नेपालले भने सरकारलाई प्रभावकारी बनाउन धेरै मन्त्रीहरु नयाँ ल्याउनुपर्ने बताएका थिए ।

मन्त्रिपरिषद् हेरफेरको थप गृहकार्यका लागि ओली-दाहाल जुटे पनि व्यक्तिमा प्रवेश गरेपछि सहमति बन्न नसकेको बताइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  १० : १३ बजे

राजेन्द्र लिङ्देनले भने- कांग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दल मिलेर

पर्यटन प्रवर्द्धनका लागि मौलिक संस्कृति र सम्पदाको संरक्षण

म्याग्दी– पर्यटन प्रवर्द्धनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ हिस्तानमा मौलिक संस्कृति

उषाकिरणको प्रतिक्रिया- एमालेलाई नैतिक समर्थन गर्नसमेत नसकिने तहसम्मै पुर्‍याउने रहेछन्

काठमाडौं- नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन

रास्वपाले भन्यो- स्पेनको कार्यक्रममा नक्कली सहभागी बनाएर लगेको तथ्य सार्वजनिक हुँदानि सरकारले देखेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति

दक्षिण कोरियामा जन्मदरमा कीर्तिमानी वृद्धि

सियोल– दक्षिण कोरियाले सन् २०२५ को पहिलो पाँच महिनामा जन्मदरमा