मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डमा नेकपा सचिवालयमा कुरा मिलेन « Khabarhub

मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डमा नेकपा सचिवालयमा कुरा मिलेन


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया अघि बढाएको छ।

सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भदौ २५ गते बसेको स्थायी कमिटीको निर्णयानुसार मन्त्रिपरिषद् हेरफेरको प्रक्रिया अघि बढाएको हो।

आइतबार पेरिस डाँडामा बसेको सचिवालय बैठकले औपचारिक रुपमा मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया अघि बढाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए।

‘आइतबारको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा छलफल भएको थियो। तर, मंगलबारको बैठकमा त्यस एजेण्डामा प्रवेश नै गरेन’, उनले आज बालुवाटारमा बसेको सचिवालय बैठकपछि भने।

स्थायी कमिटी र सचिवालयको निर्णयानुसार मन्त्रिपरिषद् हेरफेर सबैको सहमति​मा हुने उनले बताए। ‘स्थायी कमिटीको निर्णयानुसार सचिवालयको सहमतिमा मन्त्रिपरिषद् तत्काल पुनर्गठन हुन्छ।’

सचिवालयमा शीर्ष नेताहरुबीच कुरा नमिलेकै कारण आइतबार बसेको बैठकमा प्रमुख बनेको एजेण्डामा मंगलबारको बैठकमा छलफल नभएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको बैठकमा दिएको तीन विकल्पका विषयमा छलफल भएपनि कुरा नमिलेको एक नेताले बताए । प्रधानमन्त्री ओलीले आइतबारको बैठकमा सबै मन्त्रीहरु फेर्ने पहिलो, सुरुमा मन्त्री भएका सबैलाई हटाउने दोस्रो र केहीलाई हटाएर केहीलाई ल्याउने विकल्प दिएका थिए।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि कार्यक्षमतामा कमजोरलाई मात्रै बिदा गर्नुपर्ने बताएका थिए। वरिष्ठ नेता माधवकुमार नेपालले भने सरकारलाई प्रभावकारी बनाउन धेरै मन्त्रीहरु नयाँ ल्याउनुपर्ने बताएका थिए ।

मन्त्रिपरिषद् हेरफेरको थप गृहकार्यका लागि ओली-दाहाल जुटे पनि व्यक्तिमा प्रवेश गरेपछि सहमति बन्न नसकेको बताइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  १० : १३ बजे

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी)

कर्णाली प्रदेशका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत– कर्णाली प्रदेशका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौं– नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्रको बोलकबोलको लागि

शक्तिशाली अधिकारीको निवासबाटै सुरु हुन्छ कुशासन र बिचौलियाको खटनपटन : पूर्वअर्थमन्त्री खनाल

काठमाडौँ – पूर्वसचिव एवं पूर्वअर्थमन्त्री रामेश्वर खनालले शक्तिशाली सार्वजनिक पदमा

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

काठमाडौं– बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका