निशान म्यागनाइट एसयूभी अब नेपाली बजारमा « Khabarhub

निशान म्यागनाइट एसयूभी अब नेपाली बजारमा


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निशान मोटर्सको बहुप्रतिक्षित “बिग, बोल्ड, ब्युटिफुल” बी–एसयूभी म्यागनाइट अनलाइनमार्फत विश्वव्यापीरूपमा सार्वजनिक भएको छ ।

निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटेकर्पले जनवरी २०२१ मा निशान म्यागनाइट लञ्च गर्ने पूर्व तयारी सुरु गरेको छ ।

यो “बिग, बोल्ड, ब्युटिफुल” एसयूभीमा स्पोर्टी लुक्स सहित एलईडी हेडल्याम्प, एलईडी डीआरएल, फ्लोटिङ्ग रुफ, डुवल टोन बडी पेन्ट, डुवल टोन रियर बम्पर जस्ता विशेषताहरु समावेश गरिएका छन् ।निशान म्यागनाइट १.० लिटर पेट्रोल इञ्जिनको दुई वटा भेरियन्टमा उपलब्ध हुनेछ ।

जसमा एउटा नेचुरली एसपिरेटेड इञ्जिन हो भने अर्को टर्बोचाज्र्ड इञ्जिन हुनेछ । निशान म्यागनाइटमा ८ इञ्च फुल फ्लस टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, ७ इञ्च टिएफटि ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा लगायत विभिन्न फिचरहरु उपलब्ध छन् ।

विभिन्न अत्याधुनिक विशेषताहरु समावेश भएको निशान म्यागनाइट आफ्नो सेगमेन्टको गेमचेन्जर बन्ने अपेक्षा गरिएको छ । नेपाली बजारमा भित्रिने यस एसयुभिको मूल्यको आधारमा यो गाडी एकदम उचित र प्रिमियम रहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ११ : ३५ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा