सार्वजनिक सवारीसाधनबाट ठगिँदै यात्रु « Khabarhub

सार्वजनिक सवारीसाधनबाट ठगिँदै यात्रु


६ कार्तिक २०७७, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश नं २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत लिने गरेको गुनासो बढेको छ ।

त्यस्ता सवारी साधनमा भाडादर नराखिएको, सरकारले तोकेको स्वास्थ्य मापदण्ड पनि पालना नगरेको र भाडामा थप ५० प्रतिशत वृद्धि गरेर लिएको वीरगन्ज–जनकपुर चल्ने बसमा सवार यात्रु कबिर महतोले बताए । अनुगमन गर्ने सम्बन्धित निकाय कानमा तेल हालेर निदाइरहेको उनको आरोप थियो ।

यसक्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुदेखि चालकसम्मले स्वास्थ्य मापदण्डको पालना नगरी यात्रा गरेपनि नियमनकारी निकायहरूले खासै वास्ता नगर्ने गरेको यात्रु महतोको भनाइ थियो ।

मन लागेको समयमा ट्राफिक प्रहरीले सवारी साधन रोकेर यात्रुका गुनासा सनेजस्तो गरेपनि समस्या समाधानमा कसैको ध्यान नपुगेको अर्का यात्रु प्रकाश पोख्रेलले बताए ।

नेपालीको महान चाड बडादशैँ शुरु भएकाले मन्त्रिपरिषद्को असोज २६ गतेको बैठकले यातायात व्यवसायीको मागअनुसार सिट क्षमताअनुसार नै यात्रुहरू राख्न पाउने र पुरानै भाडादर (२०७५ असोज ७ गतेदेखि समायोजन गरिएको भाडादर) कायम हुने निर्णय भएको जनाएको थियो तर सरकारको निणर्यलाई भने यातायात व्यावसायीहरूले बेवास्था गरेर थप ५० प्रतिशत भाडा असुलिरहेका हुन् ।

आफूहरूले सवारी साधनको जाँचलाई निरन्तरता दिएको,यात्रुका समस्या समाधानका लागि प्रदेशअन्तर्गत सबै जिल्लाका सबै स्थानमा यात्रु सहायताकक्ष स्थापना गरेको, ट्राफिक नीयम विपरित चल्ने सवारी साधनहरूलाई ट्राफिक नीयमानुसार कार्बाही गरेको पथलैयास्थित २ नं प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरीप्रमुख तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए ।

उनका अनुसार यात्रुहरूले वास्तविक समस्या नसुनाएका कारण पनि समस्या आएको तर गुनासो आएलगतै कार्बाही गर्ने गरिएको छ ।

लामो समयसम्म थन्किएर बस्नुपरेकाले आफ्ना व्यवसाय फष्टाउन नसकेका कारण पनि यात्रुहरूले खुसीले भाडा दिने गरेको यातायात व्यावसायीसमेत रहेका सवारी चालक विनोद साहले बताए । साथै यात्रुहरूले पनि ट्राफिक प्रहरीले भाडाको विषयमा सोध्दा आफूहरूलाई बचाउने गरेको साहको भनाइ थियो ।

प्रदेश नं २ का आठवटै जिल्लाका पूर्व–पश्चिम लोकमार्ग, भित्री सडक खण्ड, सिमानाका गरी ७९ ट्राफिक प्रहरी युनिट रहेका र प्रदेश प्रदेश नं २ मा मात्र २४४ पूर्व– पश्चिम लोकमार्ग पर्दछ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  १ : ०८ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट