कैलालीमा ज्यान गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय « Khabarhub

कैलालीमा ज्यान गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय


६ कार्तिक २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख दिने निर्णय गरेको छ ।

बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा दुवै परिवारलाई २/२ लाख दिने निर्णय गरिएको हो ।

तत्काल परिवारका सदस्यलाई १/१ लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी १ लाख उनीहरूको सन्तानका लागि मुद्धति खातामा राखिदिने निर्णय गरिएको हो ।

तस्करी नियन्त्रण गर्ने क्रममा तस्करद्वारा अस्थायी प्रहरी पोस्ट जुगेडाका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरिएको थियो ।

दुवैका परिवारलाई आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले भेटेर राहतका लागि आश्वासन दिएका थिए । मन्त्री बोहराले मृतकको परिवारलाई भेटेर आश्वासन दिएको भोलिपल्टै प्रदेश सरकारले दुवै परिवारलाई २/२ लाख उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ९ : ४४ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट