गलत विचारसँग लड्न होहल्लाको अर्थ छैन – गोकुल बाँस्कोटा « Khabarhub

गलत विचारसँग लड्न होहल्लाको अर्थ छैन – गोकुल बाँस्कोटा


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले गलत विचारसँग लड्न होहल्लाको अर्थ नरहेको बताएका छन् ।

चितवनमा पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरूद्ध पार्टीकै कार्यकर्ताबाट नाराबाजी भएकोपछि पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले ट्वीट गर्दै गलत विचारविरूद्ध लड्न सही विचार नै पर्याप्त हुने बताएका छन् ।

‘हातहरुको शसस्त्रीकरण भन्दा पहिला विवेक र बिष्लेषणपुर्ण चेतनाको विकास नै मानवीयशसस्त्रीकरणको वास्तविक पहिचान हुन्छ,’ बाँस्कोटाले ट्वीटमा भनेका छन्,’गलत विचारविरुद्ध लड्न सही विचार नै पर्याप्त हुन्छ, होहल्लाको अर्थ छैन।’

स्थायी कमिटी सदस्य पाण्डेमाथि दुर्व्यवहार भएपछि नेकपाको केन्द्रीय राजनीति तरंगित भएको छ । घटनाको भर्त्सना गर्दै पार्टीका वरिष्ठ नेताहरुले छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।

शनिबार बिहान चितवनको राप्ती नगरपालिकाको नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी नेता पाण्डे बोल्ने क्रममा ओली निकट युवा तथा विद्यार्थी नेताहरुले नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ६ : २९ बजे

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि