चितवनमा पार्टी एकताको नारा लाग्दा दूर्व्यवहार देख्नु गुटगत अन्तरदृष्टि- सूर्य थापा « Khabarhub

चितवनमा पार्टी एकताको नारा लाग्दा दूर्व्यवहार देख्नु गुटगत अन्तरदृष्टि- सूर्य थापा


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचार विभाग उपप्रमुख सूर्य थापाले चितवनमा पार्टी एकताको पक्षमा नाराबाजी भएको बताएका छन् ।

नेता सुरेन्द्र पाण्डे सरिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने केही व्यक्तिले नाराबाजी गर्दै कार्यक्रम बिथोलिएको घटनाको शीर्ष तहका नेताहरूले भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गरिरहँदा थापाले भने एकताको पक्षमा नाराबाजी भएको बताएका हुन् ।

उनले आइतबार बिहान ट्वीट गर्दै थापाले भनेका छन् – पार्टी एकता जिन्दाबादको नारा लाग्दा सुनियोजित सुनियोजित दूर्व्यवहार देख्नु  गुटगत अन्तरदृष्टि भएको समेत बताएका छन् ।

यसअघि बुटवलमा मुख्यमन्त्री शंखर पोखरेलको गाडीमा ढुंगा प्रहार हुँदा निदाउँनुभएको थियो क्यार ! भन्दै थापाले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई व्यंग्य पनि गरेका छन् ।

प्रवक्ता श्रेष्ठको ट्वीटमा जवाफ दिदै थापाले भनेका छन्,’बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगाप्रहार गरिंदा निदाउनुभएको थियो क्यारे ! चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ – गज्जब छ गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी ! दुबै स्थायी कमिटी सदस्य- तब न नारायणकाजी !’

शनिबार बिहान चितवनको राप्ती नगरपालिकाको नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी नेता पाण्डे बोल्ने क्रममा ओली निकट युवा तथा विद्यार्थी नेताहरुले नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ९ : ०१ बजे

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको