चितवनमा पार्टी एकताको नारा लाग्दा दूर्व्यवहार देख्नु गुटगत अन्तरदृष्टि- सूर्य थापा « Khabarhub

चितवनमा पार्टी एकताको नारा लाग्दा दूर्व्यवहार देख्नु गुटगत अन्तरदृष्टि- सूर्य थापा


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचार विभाग उपप्रमुख सूर्य थापाले चितवनमा पार्टी एकताको पक्षमा नाराबाजी भएको बताएका छन् ।

नेता सुरेन्द्र पाण्डे सरिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने केही व्यक्तिले नाराबाजी गर्दै कार्यक्रम बिथोलिएको घटनाको शीर्ष तहका नेताहरूले भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गरिरहँदा थापाले भने एकताको पक्षमा नाराबाजी भएको बताएका हुन् ।

उनले आइतबार बिहान ट्वीट गर्दै थापाले भनेका छन् – पार्टी एकता जिन्दाबादको नारा लाग्दा सुनियोजित सुनियोजित दूर्व्यवहार देख्नु  गुटगत अन्तरदृष्टि भएको समेत बताएका छन् ।

यसअघि बुटवलमा मुख्यमन्त्री शंखर पोखरेलको गाडीमा ढुंगा प्रहार हुँदा निदाउँनुभएको थियो क्यार ! भन्दै थापाले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई व्यंग्य पनि गरेका छन् ।

प्रवक्ता श्रेष्ठको ट्वीटमा जवाफ दिदै थापाले भनेका छन्,’बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगाप्रहार गरिंदा निदाउनुभएको थियो क्यारे ! चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ – गज्जब छ गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी ! दुबै स्थायी कमिटी सदस्य- तब न नारायणकाजी !’

शनिबार बिहान चितवनको राप्ती नगरपालिकाको नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी नेता पाण्डे बोल्ने क्रममा ओली निकट युवा तथा विद्यार्थी नेताहरुले नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ९ : ०१ बजे

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि