सरकार रमिते मात्रै बन्यो, तत्काल संसद् बैठक डाकियोस्- कांग्रेस नेता सिंह « Khabarhub

सरकार रमिते मात्रै बन्यो, तत्काल संसद् बैठक डाकियोस्- कांग्रेस नेता सिंह


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना महामारीका बेलासमेत सरकार रमिते मात्रै बनेको आरोप लगाएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा आइतबार मतदातहरूसँगको भेटघाट कार्यक्रममा सरिक भएका सिंहले महामारीले जनता मर्कामा पर्दा पनि सरकार रमिते बनेको आरोप लगाएका हुन् ।

‘यो सरकार स्वार्थमा डुबेको छ । भ्रष्टाचारमा लिप्त छ,’ पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले भने,  ‘मुलुकका तमाम समस्यामा सरकार बेखबर छ । यो लोकतन्त्रवादीहरुका लागि समेत अशोभनीय हो ।’

सरकारले संघीयताको मर्म र भावनाअनुसार नीति निर्माणमा समेत चासो नदिनु दुःखद् भएको उनले बताए ।

यतिबेला प्रमुख प्रतिपक्षीको रुपमा कांग्रेसले उठाउनु पर्ने विषय उठाउँदै आए पनि सरकारले नसुनेको उनले बताए ।

कोरोना महामारीका कारण तत्कालै सडक आन्दोलनमा जाने अवस्था नरहेको बताउँदै उनले भने, ‘भन्नुपर्ने ठाउँमा भनेकै छ, बोल्नुपर्ने ठाउँमा सबैले बोलेकै छ । तर, यो सरकारले सुन्दैन । यो सरकारले न जनताको आवाज सुन्छ, न प्रतिपक्षीको ।’

सरकारले कोरोना महामारीको बेला गर्नुपर्ने न्यूनतम काम पनि गर्न नसकेको बताउँदै उनले अब आफ्नो सुरक्षामा आफैं लाग्नुपर्ने बताए ।

काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता सिंहले अब संसद बैठक तत्काल डाकेर हरेक विषयमा छलफल हुनुपर्ने बताए ।

‘विषम परिस्थितिमा समेत सरकार भ्रष्टाचारमा लिप्त भयो, जनजीविकाका सवालमा त झन् गैरजिम्मेवार देखिन्छ,’ सिंहले भने,’सडक आन्दोलनमा जान सक्ने परिस्थिति छैन, तत्काल संसद बैठक डाकेर तमाम् विषयमा छलफल गरियोस् ।’

आफ्नो निर्वाचन क्षेत्रमा स्थानीय नागरिकसँग सामाजिक दूरी कायम राख्दै उनले विकास निर्माणमा भइरहेका प्रगती र जनगुनासो सुन्दै आएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  १० : ३० बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६