सरकार रमिते मात्रै बन्यो, तत्काल संसद् बैठक डाकियोस्- कांग्रेस नेता सिंह « Khabarhub

सरकार रमिते मात्रै बन्यो, तत्काल संसद् बैठक डाकियोस्- कांग्रेस नेता सिंह


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना महामारीका बेलासमेत सरकार रमिते मात्रै बनेको आरोप लगाएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा आइतबार मतदातहरूसँगको भेटघाट कार्यक्रममा सरिक भएका सिंहले महामारीले जनता मर्कामा पर्दा पनि सरकार रमिते बनेको आरोप लगाएका हुन् ।

‘यो सरकार स्वार्थमा डुबेको छ । भ्रष्टाचारमा लिप्त छ,’ पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले भने,  ‘मुलुकका तमाम समस्यामा सरकार बेखबर छ । यो लोकतन्त्रवादीहरुका लागि समेत अशोभनीय हो ।’

सरकारले संघीयताको मर्म र भावनाअनुसार नीति निर्माणमा समेत चासो नदिनु दुःखद् भएको उनले बताए ।

यतिबेला प्रमुख प्रतिपक्षीको रुपमा कांग्रेसले उठाउनु पर्ने विषय उठाउँदै आए पनि सरकारले नसुनेको उनले बताए ।

कोरोना महामारीका कारण तत्कालै सडक आन्दोलनमा जाने अवस्था नरहेको बताउँदै उनले भने, ‘भन्नुपर्ने ठाउँमा भनेकै छ, बोल्नुपर्ने ठाउँमा सबैले बोलेकै छ । तर, यो सरकारले सुन्दैन । यो सरकारले न जनताको आवाज सुन्छ, न प्रतिपक्षीको ।’

सरकारले कोरोना महामारीको बेला गर्नुपर्ने न्यूनतम काम पनि गर्न नसकेको बताउँदै उनले अब आफ्नो सुरक्षामा आफैं लाग्नुपर्ने बताए ।

काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता सिंहले अब संसद बैठक तत्काल डाकेर हरेक विषयमा छलफल हुनुपर्ने बताए ।

‘विषम परिस्थितिमा समेत सरकार भ्रष्टाचारमा लिप्त भयो, जनजीविकाका सवालमा त झन् गैरजिम्मेवार देखिन्छ,’ सिंहले भने,’सडक आन्दोलनमा जान सक्ने परिस्थिति छैन, तत्काल संसद बैठक डाकेर तमाम् विषयमा छलफल गरियोस् ।’

आफ्नो निर्वाचन क्षेत्रमा स्थानीय नागरिकसँग सामाजिक दूरी कायम राख्दै उनले विकास निर्माणमा भइरहेका प्रगती र जनगुनासो सुन्दै आएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  १० : ३० बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा