ललितपुरमा कोरोना निको हुनेको संख्या बढ्यो | Khabarhub Khabarhub

ललितपुरमा कोरोना निको हुनेको संख्या बढ्यो


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या बढेको छ । जिल्लाभर रहेका कूल ११ हजार ६९० सङ्क्रमितमध्ये नौ हजार ६०३ ले स्वास्थ्यलाभ गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९६९ र मृतकको सङ्ख्या ११८ पुगेको कार्यालय प्रमुख डा खगेश्वर गेलालले जानकारी दिए । ललितपुर महानगरपालिकामा पनि कोरोना निको हुनेको सङ्ख्या बढेको छ । महानगरपालिकामा रहेका कूल सात हजार ७२ सङ्क्रमितमा पाँच हजार ९२६ घर पठाइसकेको कोभिड स्थानीय स्रोत व्यक्ति देवी गुरुङले बताए । उनले भने, “महानगरपालिकामा सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ४५ र मृतकको सङ्ख्या ४८ पुगेको छ ।”

त्यसैगरी गोदावरीमा आजसम्म कूल कोरोना सङ्क्रमित सङ्ख्या ८९९ र यसमा निको भएर घर फर्कनेको सङ्ख्या ६८१ पुगेको नगरपालिकाले जनाएको छ । गोदावरीमा सक्रिय सङ्क्रमित २०४ र मृतकको सङ्ख्या १४ पुगेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी गराए ।

महालक्ष्मी नगरपालिमा सङ्क्रमित सङ्ख्या एक हजार ५४६ र यसमा सङ्क्रमणमुक्त भई स्वास्थ्यलाभ गर्नेको सङ्ख्या एक हजार ३०० पुगेको छ । नगरपालिमा सक्रिय सङ्क्रमित २३४ र मृतकको सङ्ख्या १२ पुगेको सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलको भनाइ छ ।

कोञ्ज्योसोम गत शुक्रबारदेखि कोरोनामुक्त गाउँपालिकाका भएको स्वास्थ्य शाखा संयोजक नवलकिशोर महतले बताए । यसअघि कोञ्ज्योसोमका १४ जनालाई कोरोना भएको थियो । गाउँपालिकाका हालसम्म एक व्यक्तिको पनि मृत्यु भएको छैन । महाङ्कालमा कोरोना सङ्क्रमित सङ्ख्या १७ पुगेको छ । ती मध्ये १५ डिस्चार्ज भइसकेका गाउँपालिकाले जनाएको छ ।

महाङ्कालका एक व्यक्ति होम आइसोलेशन र अर्का एक पाटन अस्पतालमा भर्ना भइरहेका स्वास्थ्य शाखा संयोजक ज्ञानेन्द्र चन्दले जानकारी दिए । उनले भने, “गाउँपालिकामा कुनै व्यक्तिको कोरोनाका कारण मृत्यु भएको छैन ।” वाग्मतीमा कोरोना सङ्क्रमितको सङ्ख्या बढी नै रहेको छ । यति नै बढ्यो भने यकिन जानकारी लिन बाँकी रहेको स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले जानकारी दिए ।

महानगरपालिकाले भने कोरोना नियन्त्रणका लागि छ/छ जनाको टोली खटाएर भीडभाड गर्न नदिएको, नगर प्रहरी खटाएर मास्क लगाउन लगाइरहेको र भौतिक दूरीसमेत कायम गर्न लगाइरहेको श्रोत व्यक्ति गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ३ : १० बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा