ललितपुरमा कोरोना निको हुनेको संख्या बढ्यो « Khabarhub

ललितपुरमा कोरोना निको हुनेको संख्या बढ्यो


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या बढेको छ । जिल्लाभर रहेका कूल ११ हजार ६९० सङ्क्रमितमध्ये नौ हजार ६०३ ले स्वास्थ्यलाभ गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९६९ र मृतकको सङ्ख्या ११८ पुगेको कार्यालय प्रमुख डा खगेश्वर गेलालले जानकारी दिए । ललितपुर महानगरपालिकामा पनि कोरोना निको हुनेको सङ्ख्या बढेको छ । महानगरपालिकामा रहेका कूल सात हजार ७२ सङ्क्रमितमा पाँच हजार ९२६ घर पठाइसकेको कोभिड स्थानीय स्रोत व्यक्ति देवी गुरुङले बताए । उनले भने, “महानगरपालिकामा सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ४५ र मृतकको सङ्ख्या ४८ पुगेको छ ।”

त्यसैगरी गोदावरीमा आजसम्म कूल कोरोना सङ्क्रमित सङ्ख्या ८९९ र यसमा निको भएर घर फर्कनेको सङ्ख्या ६८१ पुगेको नगरपालिकाले जनाएको छ । गोदावरीमा सक्रिय सङ्क्रमित २०४ र मृतकको सङ्ख्या १४ पुगेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी गराए ।

महालक्ष्मी नगरपालिमा सङ्क्रमित सङ्ख्या एक हजार ५४६ र यसमा सङ्क्रमणमुक्त भई स्वास्थ्यलाभ गर्नेको सङ्ख्या एक हजार ३०० पुगेको छ । नगरपालिमा सक्रिय सङ्क्रमित २३४ र मृतकको सङ्ख्या १२ पुगेको सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलको भनाइ छ ।

कोञ्ज्योसोम गत शुक्रबारदेखि कोरोनामुक्त गाउँपालिकाका भएको स्वास्थ्य शाखा संयोजक नवलकिशोर महतले बताए । यसअघि कोञ्ज्योसोमका १४ जनालाई कोरोना भएको थियो । गाउँपालिकाका हालसम्म एक व्यक्तिको पनि मृत्यु भएको छैन । महाङ्कालमा कोरोना सङ्क्रमित सङ्ख्या १७ पुगेको छ । ती मध्ये १५ डिस्चार्ज भइसकेका गाउँपालिकाले जनाएको छ ।

महाङ्कालका एक व्यक्ति होम आइसोलेशन र अर्का एक पाटन अस्पतालमा भर्ना भइरहेका स्वास्थ्य शाखा संयोजक ज्ञानेन्द्र चन्दले जानकारी दिए । उनले भने, “गाउँपालिकामा कुनै व्यक्तिको कोरोनाका कारण मृत्यु भएको छैन ।” वाग्मतीमा कोरोना सङ्क्रमितको सङ्ख्या बढी नै रहेको छ । यति नै बढ्यो भने यकिन जानकारी लिन बाँकी रहेको स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले जानकारी दिए ।

महानगरपालिकाले भने कोरोना नियन्त्रणका लागि छ/छ जनाको टोली खटाएर भीडभाड गर्न नदिएको, नगर प्रहरी खटाएर मास्क लगाउन लगाइरहेको र भौतिक दूरीसमेत कायम गर्न लगाइरहेको श्रोत व्यक्ति गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ३ : १० बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका