विदेश जाँदा अब सरकारी ल्याबकै पीसीआर रिपोर्ट मात्र मान्य हुने « Khabarhub

विदेश जाँदा अब सरकारी ल्याबकै पीसीआर रिपोर्ट मात्र मान्य हुने


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विदेश जानका लागि अब सरकारी प्रयोगशालाको पीसीआर परीक्षण रिपोर्ट मात्रै मान्य हुने भएको छ ।

निजी प्रयोगशालामा परीक्षण गरिएको पीसीआर नेगेटिभ आएपछि विदेश पुगेका कतिपयको त्यहाँ पुगेपछि पुनः परीक्षण गर्दा पोजेटिभ आएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको आइतबारको बैठकले विदेश उड्नका लागि सरकारी प्रयोगशालाको पीसीआर रिपोर्ट मात्रै मान्य हुने निर्णय गरेको हो।

विदेश उड्न चाहनेले सरकारी प्रयोगशालाकै पीसीआर रिपोर्ट देखाउनु पर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

केही निजी प्रयोगशालाहरूले स्वाब संकलन तथा परीक्षण नै नगरि रिपोर्ट बनाएको भन्ने खुलासा भएपछि यस विषयमा सरकारले छानविन समिति गठन गरेको थियो ।

यसैबीच मन्त्रालयले स्टार अस्पताल, सेन्ट्रल डाइनोस्टिक ल्याबोटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घण्टाभित्र स्पष्टीकरण सोधेको छ।

कोभिड-१९ को पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको एक महिना र पोजिटिभ रिपोर्ट आएमा ३ महिनासम्म नमुना स्टोर गरेर राख्ने कार्य नगरेकोले यी अस्पताललाई स्पष्टीकरण सोधेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यी अस्पतालमा पीसीआर जाँच गरी नेगेटिभ रिपोर्ट आएपछि हङकङ, दुबई र जापान गएका व्यक्ति सम्बन्धित देशमा जाँच गर्दा पीसीआर जाँच पोजेटिभ आएको भन्दै पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो।

उक्त पत्र आएपछि स्वास्थ्य मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशकको नेतृत्वमा छानविन समिति गठन गरेको थियो।

उक्त समितिले दिएको प्रतिवेदनको आधारमा ती अस्पताललाई स्पटीकरण सोधिएको हो।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ५ : ०१ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र