ओलम्पिकको टिकट पाएँ, रेकर्ड ब्रेक गर्छु – धावक पार्की « Khabarhub

ओलम्पिकको टिकट पाएँ, रेकर्ड ब्रेक गर्छु – धावक पार्की


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – छैटौं संस्करणको नेपालगञ्ज म्याराथनका विजेता धावक गोपीचन्द पार्की टोकियो ओलम्पिकका लागि छनोट भएका छन् । २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा निर्धारित दुरी पार गर्दै उनी उनी ओलम्पिकमा छनोट भएका हुन् ।

नोबेल कोरोना भाइरस (कोभिड १९) को महामारीले गर्दा ओलम्पिक छनोटका रुपमा नेपालगञ्ज म्याराथन म्याराथनलाई छनोट गरिएको थियो । त्यसमा दक्षिण एसियाली खेलकुद ९साग० मा स्वर्ण पदक जितेका उनी च्याम्पियन बने ।

आइतबार बिहान भएको प्रतियोगितामा च्याम्पियन बनेसँगै पार्कीले आफुले ओलम्पिकको छनोटका लागि ‘टिकट’ पाएको प्रतिक्रिया दिएका छन् । पार्कीले खबरहबसँग भने, ‘निकै खुसी छु । ओलम्पिकका लागि टिकट पाएँ ।’

पार्कीले सागपछिको झण्डै एक वर्षको समयमा आफु र आफ्नो संगठन सशस्त्र प्रहरी बलको मेहनतले यो सफलता हात परेको बताएका छन् ।

ओलम्पिकमा छनोट भएसँगै उनले आफ्नो लक्ष्य म्याराथनतर्फ नेपालमा पूर्व धावक बैकुण्ठ मानन्धरको रेकर्ड ब्रेक गर्ने बताएका छन् ।

म्याराथनमा मानन्धरको सन् १९८७ को दक्षिण एसियाली खेलकुदमा २ घण्टा १५ मिनेट ३ सेकेन्डको कीर्तिमान छ । उनको यो कीर्तिमान अहिलेसम्म कुनै पनि नेपाली धावकले पुरा गर्न सकेका छैनन् । त्यहिँ कीर्तिमानी तोड्ने लक्ष्यमा छन्, पार्की ।

उनले भने, ‘मेरो मेहनत र संगठनको साथले सफलता हात परेको हो । तर, ओलम्पिकमा जानेकुरा व्यक्तिगत रुपमा सहज हुँदैन । त्यसैले अब ओलम्पिक कमिटि र एथ्लेटिक्स संघले कसरी लिन्छ त्यहिँ अनुसार अगाडि बढ्छ ।’

नेपालगञ्जबाट फर्किएपछि उनी झण्डै २ हप्ता आराम गर्नेछन् । त्यसपछि ओलम्पिकको तयारीमा लाग्ने उनले बताएका छन् ।

गएको चैत महिनादेखि नै नेपालमा खेलकुदका सबै खाले अभ्यास रोकिएका छन् । नेपालमा मात्रै होइन विश्वभरका ठूला प्रतियोगिताहरु ठप्प छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ५ : १६ बजे

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

बर्लिन- जर्मन चान्सलर फ्रेडरिक मर्जको नेतृत्वमाथि दुई राज्यमा भएको निर्वाचनमा उनको

रुसी संसदीय निर्वाचनमा पुटिनको युनाइटेड रसिया पार्टीलाई ठूलो अग्रता

एजेन्सी– साइबर आक्रमण र युक्रेनी ड्रोन हमलाबीच सम्पन्न रुसी संसदीय निर्वाचनमा

पूर्वाधारमन्त्रीले भने- पुरानै जोखिमयुक्त ठाउँमा स्थायी सडक बनाउँदैनौँ

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्पछिको सडक सञ्जाल पुनःस्थापनाका लागि

त्रिपुरेश्वरमा जल्यो बस : चालकले आगो लगाएर आत्मदाह प्रयास गरेको आशंका

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको स्टपमा सार्वजनिक बसका चालकले

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरू

न्यूयोर्क– आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो, बिहानैदेखि सिमसिम