ओलम्पिकको टिकट पाएँ, रेकर्ड ब्रेक गर्छु – धावक पार्की « Khabarhub

ओलम्पिकको टिकट पाएँ, रेकर्ड ब्रेक गर्छु – धावक पार्की


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – छैटौं संस्करणको नेपालगञ्ज म्याराथनका विजेता धावक गोपीचन्द पार्की टोकियो ओलम्पिकका लागि छनोट भएका छन् । २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा निर्धारित दुरी पार गर्दै उनी उनी ओलम्पिकमा छनोट भएका हुन् ।

नोबेल कोरोना भाइरस (कोभिड १९) को महामारीले गर्दा ओलम्पिक छनोटका रुपमा नेपालगञ्ज म्याराथन म्याराथनलाई छनोट गरिएको थियो । त्यसमा दक्षिण एसियाली खेलकुद ९साग० मा स्वर्ण पदक जितेका उनी च्याम्पियन बने ।

आइतबार बिहान भएको प्रतियोगितामा च्याम्पियन बनेसँगै पार्कीले आफुले ओलम्पिकको छनोटका लागि ‘टिकट’ पाएको प्रतिक्रिया दिएका छन् । पार्कीले खबरहबसँग भने, ‘निकै खुसी छु । ओलम्पिकका लागि टिकट पाएँ ।’

पार्कीले सागपछिको झण्डै एक वर्षको समयमा आफु र आफ्नो संगठन सशस्त्र प्रहरी बलको मेहनतले यो सफलता हात परेको बताएका छन् ।

ओलम्पिकमा छनोट भएसँगै उनले आफ्नो लक्ष्य म्याराथनतर्फ नेपालमा पूर्व धावक बैकुण्ठ मानन्धरको रेकर्ड ब्रेक गर्ने बताएका छन् ।

म्याराथनमा मानन्धरको सन् १९८७ को दक्षिण एसियाली खेलकुदमा २ घण्टा १५ मिनेट ३ सेकेन्डको कीर्तिमान छ । उनको यो कीर्तिमान अहिलेसम्म कुनै पनि नेपाली धावकले पुरा गर्न सकेका छैनन् । त्यहिँ कीर्तिमानी तोड्ने लक्ष्यमा छन्, पार्की ।

उनले भने, ‘मेरो मेहनत र संगठनको साथले सफलता हात परेको हो । तर, ओलम्पिकमा जानेकुरा व्यक्तिगत रुपमा सहज हुँदैन । त्यसैले अब ओलम्पिक कमिटि र एथ्लेटिक्स संघले कसरी लिन्छ त्यहिँ अनुसार अगाडि बढ्छ ।’

नेपालगञ्जबाट फर्किएपछि उनी झण्डै २ हप्ता आराम गर्नेछन् । त्यसपछि ओलम्पिकको तयारीमा लाग्ने उनले बताएका छन् ।

गएको चैत महिनादेखि नै नेपालमा खेलकुदका सबै खाले अभ्यास रोकिएका छन् । नेपालमा मात्रै होइन विश्वभरका ठूला प्रतियोगिताहरु ठप्प छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ५ : १६ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात