कांग्रेस प्रवक्ता शर्माले भने : हामी पाँच वर्ष विपक्षमै रहन्छौं « Khabarhub

कांग्रेस प्रवक्ता शर्माले भने : हामी पाँच वर्ष विपक्षमै रहन्छौं


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापतिसँग सत्ता साझेदार गर्न प्रस्ताव राखेको भन्दै खबर बाहिरिएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारमा जाने भ्रममा नपर्न आग्रह गरेका छन्।

ट्वीट मार्फत् धारणा सार्वजनिक गर्दै शर्माले लेखेका छन्, ‘कांग्रेसलाई ५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ। अतः कुनै पनि भड्कावबाट टाढा रहनेछौं।’

उनले नेकपाको द्वन्द्वसँग कुनै सम्बन्ध नरहेको भन्दै नेपाली कांग्रेस नरपेक्ष रहेको बताएका छन्। उनले भनेका छन्– ‘यता र उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्।’

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ५ : ३३ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी