प्रधानमन्त्री ओली सोमबार ताप्लेजुङ र इलाम जाँदै « Khabarhub

प्रधानमन्त्री ओली सोमबार ताप्लेजुङ र इलाम जाँदै


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली सोमबार ताप्लेजुङ र इलाम भ्रमणमा जाने भएका छन् ।

सोमबार बिहान प्रधानमन्त्री ओली ताप्लेजुङ र इलाम जान लागेको बालुवाटार स्रोतले जानकारी दिएको हो ।

ओली सुरुमा ताप्लेजुङ जानेछन् । उनले ताप्लेजुङको घुम्चामा निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी इलाम जाने कार्यक्रम तय भएको छ ।

ओलीले इलामको सन्दकपुरमा निर्माण भएको सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम छ । गत मंसिर ५ गते उनी ताप्लेजुङ जाने कार्यक्रम तय भए पनि स्थगित भएको थियो।

यसअघि कात्तिक २६ मा प्रधानमन्त्री ओलीले संखुवासभा भ्रमण गरेका थिए । प्रधानमन्त्री ओली हेलिकोप्टरमा गएर सोमबार नै काठमाडौं फर्किनेछन्।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ६ : २९ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन