आन्तरिक राजस्व कार्यालय बागलुङ ‘उत्कृष्ट कर कार्यालय’ घोषित « Khabarhub

आन्तरिक राजस्व कार्यालय बागलुङ ‘उत्कृष्ट कर कार्यालय’ घोषित


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ९ औं राष्ट्रिय कर दिवसको सन्दर्भ पारेर आन्तरिक राजस्व विभागले राजस्व कार्यालय बागलुङलाई आर्थिक वर्ष २०७६/७७ को उत्कृष्ट कर कार्यालय घोषित गरेको छ ।

आन्तरिक राजस्व विभागले देशभरका कार्य सम्पादन सम्झौता, राजस्व लक्ष्य तथा कार्य सम्पादन परिसूचकका आधारमा उत्कृष्ट कर कार्यालयको घोषणा गरेको हो ।

विभागले आज उत्कृष्ट कार्यालयसँगै  उत्कृष्ट कर्मचारी र करदाता समेत घोषणा गरेको छ ।

विभागका अनुसार यो सूचीको पहिलो स्थानमा बागलुङ रहृयो । दोस्रो स्थानमा आन्तरिक राजस्व कार्यालय सिमरा रहेको छ । तेस्रो स्थानमा भने आन्तरिक राजस्व कार्यालय धुलिखेल रहेको विभागले जानकारी दिएको छ ।

यी कार्यालयले ए ग्रेड प्राप्त गरेका छन् । विभागले कर दिवसको अवसरमा उत्कृष्ट १० कर्मचारी समेत घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा उत्कष्ट कार्यसम्पादन गर्ने विभागका निर्देशक शालिकराम आचार्य, आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत हेमराज सुवेदी, आन्तरिक राजस्व विभागका शाखा अधिकृत आनन्दराम श्रेष्ठ, ठूला करदाता कार्यालयका कर अधिकृत सुरेन्द्रराज घिमिरेलाई पुरस्कृत गरेको छ ।

यसैगरी ठूला करदाता कार्यालयका कम्प्यूटर अधिकृत ललितप्रसाद श्रेष्ठ, मध्यमस्तरीय करदाता कार्यालयका कर अधिकृत कुमारी सैँजु, आन्तरिक राजस्व कार्यालय सिमराका कर अधिकृत यादव खड्का, आन्तरिक राजस्व कार्यालय धुलिखेलका कर अधिकृत रामकुमार श्रेष्ठ, आराका महेन्द्रनगरका कर अधिकृत टंक भुसाल र आराका भैरहवाका नासु कुमुस श्रेष्ठलाई समेत उत्कृष्ट कर्मचारी घोषणा गरिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ७ : ५० बजे

विश्वकप छनोट : बराबरीमा रोकियो स्पेन

काठमाडौं – विश्वकप २०२६ अन्तर्गत गएराति भएको खेलमा स्पने बराबरीमा

विश्वकप छनोटः बेल्जियमले लिक्टेनस्टाइनविरुद्ध गर्‍यो ७ गोल

काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा बेल्जियमले गोलको

क्यासिनोलाई थप कानूनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

काठमाडौं– सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानूनी

आज विश्व शौचालय दिवस मनाइँदै

काठमाडौं– सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने प्रवृत्तिको

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल