अर्को वर्ष भारत आउने तयारीमा रुसी राष्ट्रपति पुटिन « Khabarhub

अर्को वर्ष भारत आउने तयारीमा रुसी राष्ट्रपति पुटिन


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसका राष्ट्रपति भ्लादिमिर पुटिन नयाँ वर्ष २०२१ को पहिलो छ महिनाभित्रमा भारत आउने तयारी भएको छ ।

यही बर्ष सन् २०२० को अन्त्यतिर उनी भारत आउने तालिका भए पनि अहिले स्थगित भएकाले अर्को वर्ष आउने तयारीमा लागेको बताइएको छ ।

पुटिनको अहिलेको भ्रमण स्थगित भएर अर्को वर्षको तालिकामा परेको भारतका लागि रुसका राजदूत निकोलाय कुडाशेभले सोमबार पुष्टि गरेका छन् ।

‘कोरोना महामारीका कारण अहिलेको भ्रमण व्यवस्थापन गर्न गाह्रो हुने भएकाले अहिलेलाई स्थगित गरिएको हो । अर्को वर्ष अवस्था सामान्य भयो र व्यवस्थापन गर्न सकिने भयो भने पुटिनले अर्को वर्ष भ्रमण गर्नुहुने छ,’ उनले भने ।

राष्ट्रपतिको भ्रमण नभएपछि भारत र रुसका बीचमा विभिन्न चरणमा छलफल तथा वार्ताहरू भने भइरहेको उनले बताए ।

आगामी भ्रमणको तालिका पनि दुवै पक्षको सहमतिमा तय गरिने राजदूत कुडाशेभले जानकारी दिए ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ६ : ३५ बजे

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर