कोरोना भ्याक्सिन कतार आइपुग्यो, बुधबारबाट खोप लगाउन थालिने   « Khabarhub

कोरोना भ्याक्सिन कतार आइपुग्यो, बुधबारबाट खोप लगाउन थालिने  



दोहा- फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको पहिलो खोप सोमबार साँझ कतार आइपुगेको छ ।

भ्याक्सिन यहाँ आपुगेसंगै भोली अर्थात् बुधबारबाट खोप लगाउन थालिने हमाद मेडिकल कर्पोरेशनका संक्रामक रोग प्रमुख डा. अब्दुल्लातीफ अल खलले पत्रकार सम्मेलन गर्दै जानकारी दिएका छन् ।

कतारले महामारीविरूछ आफ्नो इतिहासको सबैभन्दा ठूलो खोप कार्यक्रम सुरु गर्न लागेको डा. अल खलले बताए । सोमबार दोहामा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा.खलले खोप वितरण गर्ने पहिलो चरण डिसेम्बर २३ देखि जनवरी ३१ सम्म चल्ने समेत बताए ।

पहिलो चरणमा यस्ता व्यक्तिहरुले पाउने छन् खोप

७० वर्ष वा माथि उमेरका सबै व्यक्तिहलाई खोप दिइनेछ । कोभिड–१९ मा खटिएका स्वास्थ्यकर्मीहरू र अन्य कर्मचारीहरू पनि खोपको प्राथमिकतामा पर्नेछन् ।

मुख्य मन्त्रालयहरूमा पहिलो भूमिका खेल्ने आधारभूत कार्यकर्ताहरूलाई खोपमा प्राथमिकता दिइने जनाइएको छ।

१६ वर्ष वा सो भन्दा बढी उमेर समूहका गम्भीर र दीर्घ रोगीहरूका लागि खोप उपलब्ध हुने डा. अल खलले बताए ।

सुरुमा कतारले यहाँका सात प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरू  मार्फत खोप दिने जनाएको छ ।

अल वजबा, लीबाइब, अल रुबैईस, उम सलाल, रावदत अल खाइल, अल थुमामा र मुइथर स्वास्थ्य सेवा केन्द्रहरूबाट खोप लिन सकिनेछ ।

यसका लागि छानिएका बिरामीहरूलाई फोन वा एसएमएस मार्फत सम्पर्क गरिनेछ र उनीहरूलाई तोकिएको स्वास्थ्य केन्द्रहरू मध्ये कुनैबाट खोप दिइने मिति सूचित गरिनेछ।

कतारले २०२१ भित्रमा आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरुद्धको खोप निशुल्क रुपमा उपलब्ध गराईसक्ने जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ७ : १५ बजे

मिर्चैया अस्पतालको पुरानो भवनबाट नगरपालिकाको सेवा सुरु

सिरहा– यहाँको मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा

सञ्चारमन्त्रीले भने- निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् 

काठमाडौं–  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चितताको बाटोबाट

रास्वपाले भन्यो- सभापति छुटेपछि पार्टीको काममा फर्किनुहुनेछ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले

चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह

काठमाडौं– ललितपुरको ढोलाहिटीबाट गत मङ्सिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन)