देशमा उत्पन्न संवैधानिक संकटबारे पार्टी नेता र कानुनविदसँग डा कोइरालाले गरे छलफल « Khabarhub

देशमा उत्पन्न संवैधानिक संकटबारे पार्टी नेता र कानुनविदसँग डा कोइरालाले गरे छलफल


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा उत्पन्न पछिल्लो राजनीतिक अवस्था र संवैधानिक संकटका विषयमा नेता तथा कानुनविदहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि उत्पन्न परिस्थितिका विषयमा कोइरालाले नेता तथा कानुनविदहरुसँग छलफल गरेका हुन् ।

छलफलमा कांग्रेस केन्द्रीय सदस्यहरु दीपक गिरी, रामकृष्ण यादव, गगन थापा, बद्री पाण्डे र जीवन परियार सहभागी थिए ।

त्यस्तै कानुनविदहरु राधेश्याम अधिकारी, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, महादेव यादव, वसन्तराम भण्डारी, डा भीमार्जुन आचार्य, रामकृष्ण तिमल्सिना, योगेन्द्र अधिकारी, सुनील पोख्रेल र एकराज पोख्रेल सहभागी थिए ।

सरकारी कदमका विषयमा पार्टीको धारणा तय गर्दै नयाँ रणनीति बनाउन आजै कांग्रेस केन्द्रीय समितिको बैठक पनि बोलाइएको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १० : १५ बजे

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर