राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारीमा ओली, केन्द्रीय सदस्य पनि थप्दै « Khabarhub

राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारीमा ओली, केन्द्रीय सदस्य पनि थप्दै


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पार्टी फुटाउन पर्याप्त संख्या नपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेका छन् ।

स्रोतका अनुसार बहुमत देखाएर नेकपाकै दाहाल-नेपाल समूहले आफूलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिनुअघि नै निर्वाचन आयोगमा उनीहरूलाई कारबाही गरिएको पत्र पठाइसकेका ओलीले दल फुटाउन सहज हुने अध्यादेश राष्ट्रपतिलाई सिफारिसको तयारी गरेका छन् ।

आजै मन्त्रिपरिषदको आकस्मिक बैठक बसेर दल फुटाउने सहज हुने गरीको अध्यादेश ल्याउने ओलीको तयारी छ । गत वैशाखमा ल्याएको दल फुटाउन सहज हुने गरीको अध्यादेशमा केही परिमार्जनसहित अघि बढाउने उनको तयारी रहेको निकट स्रोत बताउँछ ।

हालको व्यवस्था अनुसार पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सदस्य चाहिन्छ । आफ्नो समूहको ४० प्रतिशत नपुग्‍ने भएपछि केन्द्रीय सदस्य थप्दै ४० प्रतिशत पुर्‍याएर आफ्नो पल्ला भारी बनाउने उनको योजना छ ।

ओलीले अहिले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमार्फत ३०० जना नयाँ केन्द्रीय सदस्य पनि थप्न लागेका छन् । ती सदस्यलाई आजै सपथग्रहणको तयारी पनि ओलीले गरेका छन् ।

हालको नेकपामा पूर्वएमालेबाट २४१ र पूर्वमाओवादीबाट दुई सय गरी ४४१ जना केन्द्रीय कमिटीमा छन् । जसमा पूर्वएमालेभित्र पनि ओली समूहमा १३१ र नेपाल समूहमा ११० छ । पूर्वमाओवादीभित्र भने दाहालको १७८ र रामबहादुर थापाको २२ रहेको छ ।

पछिल्‍लो राजनीतिक घटनाक्रमले थापाका २० जना केन्द्रीय सदस्यले दाहाललाई साथ दिदैँ आएका छन् । यो संख्या हेर्दा दाहाल-नेपाल समूहको दाहाल-नेपाल समूहमा ३०६ केन्द्रीय सदस्य र ओली समूहमा १ सय ३५ मात्र पुग्छ । दाहाल र नेपाल समूहका ७ केन्द्रीय सदस्यहरु आफ्‍नो समूहमा आएको ओली समूहको दाबी छ ।

ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट कारबाही गरेपछि रिक्त रहन्छ । बहुमत केन्द्रीय सदस्यहरूले ओलीलाई कारबाही गर्दै माधवकुमार नेपाललाई अध्यक्ष घोषणा गर्ने तयारी छ ।

एकीकरणको ३२ महिनामा विभाजनको औपचारिकतामा प्रवेश गरेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा वैधताको लडाइँ पनि सँगसँगै सुरू भएको छ । ओली समूहले एक नम्बरको अध्यक्ष ओली नै भएक‍ाले पार्टीको नाम, झण्डा र पार्टी कार्यालयमा पनि दाबी गरेका छन् ।

तर, बहुमत सदस्य रहेको दाहाल-नेपाल गुटले ओलीलाई पार्टी कमिटीले नै कारबाही गरेकाले उनको वैधता सकिएको जनाइरहेका छन् ।

गत फागुनमा बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टी निर्णयलाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले चुनौती दिएपछि सुरू भएको नेकपाको संकट अन्ततः फुटको औपचारिक तहमा पुगेको हो ।

ओली पक्षले सम्झौतामा संकट टार्ने र दाहाल-नेपाल पक्षले ओलीलाई पदच्युत गर्ने परस्पर दाउकाबीच पछिल्ला १० महिना गुज्रिए पनि नेकपामा विभाजन अब अवस्यम्भावी भएको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १० : ४० बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको