म नै नेकपाको आधिकारिक प्रवक्ता हुँ : नेता श्रेष्ठ « Khabarhub

म नै नेकपाको आधिकारिक प्रवक्ता हुँ : नेता श्रेष्ठ


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले आफू नै नेकपाको आधिकारिक प्रवक्ता भएको बताएका छन्।

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा मंगलबार बसेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधर केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै श्रेष्ठले आफू नै नेकपाको प्रवक्ता भएको दाबी गरेका हुन्।

उनले आफू कसैको व्यक्ति र गुटको प्रवक्ता नभइ नेकपाको प्रवक्ता भएको बताए ।

श्रेष्ठले कुनै गुटको भेलाको निर्णयसँग नेकपाको प्रवक्ताको जिम्मेवारीसँग सम्बन्धित नरहेको बताए।

यसअघि मंगलबार बिहान बालुवाटारमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षधर केन्द्रीय कमिटीको बैठकले श्रेष्ठलाई पार्टी प्रवक्ताबाट हटाएर प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको थियो।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ६ : ५४ बजे

सुदूरपश्चिमलाई पराजित गर्दै थ्री स्टार खप्तड गोल्डकपको फाइनलमा

धनगढी : सुदूरपश्चिमलाई पराजित गर्दै थ्री स्टार क्लव मुख्यमन्त्री सुदूरपश्चिम

सवारी दुर्घटनामा बर्दियामा एक जनाको मृत्यु

बर्दिया – बर्दियामा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज चैत १६, २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च ३०, २०२३।

सरकार व्यक्तिगत स्वार्थमा केन्द्रित भयो : ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले

उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत

काठमाडौँ – निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका