चितवन कारागारका एक कैदीको मृत्यु | Khabarhub Khabarhub

चितवन कारागारका एक कैदीको मृत्यु


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन कारागारमा कैदी जीवन बिताउँदै आएका एकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१८ का ५१ वर्षीय जङ्गबहादुर क्षेत्री रहेका छन् ।

उनलाई प्रहरीले २०७६ मङ्सिरमा पक्राउ गरेको थियो । मानव बेचबिखन मुद्दामा १० वर्ष कैद र रु एक लाख जरिवाना तोकिएको थियो ।

आन्द्रामा समस्या देखिएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा सोमबार साँझ मृत्यु भएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए ।

कार्यालयमा अहिले रहेका ६९२ कैदीबन्दीमध्ये ५७ महिला र दुई आश्रित बालबालिका रहेका छन् । कारागारमा महिला बन्दीगृहको क्षमता २५ जनाको र पुरुष बन्दीगृहको क्षमता २५५ रहेको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ९ : २८ बजे

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री