विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङमा कलेज बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ११ जना विद्यार्थी घाइते भएका छन् ।

मोरङको घनपालथान गाउँपालिका वडा नम्बर-४ रामचोकमा विद्यार्थी बोकेको बस अनियन्त्रित भएर पल्टिएको थियो ।

बिहीबार बिहान साढे ६ बजे लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर बस दुर्घटना हुँदा बसका सहचालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

बसधनीसमेत रहेका सहचालक विराटनगर-१५ का ३२ वर्षीय सानु साहको दुर्घटनामा मृत्यु भएको हो । बसका चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ११ : ०५ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल