भ्रमण वर्षको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव « Khabarhub

भ्रमण वर्षको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ सरकारले पाँच लाख पर्यटक भित्र्याउन लिएको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव गरिने भएको छ ।

सुनसरीको कोशी गाउँपालिकाले कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय नजिक प्रदेश सरकार र केन्द्र सरकारले नेपाल भ्रमण वर्षमा लिएको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव आयोजना गर्न लागिएको हो ।

भ्रमण वर्ष २०२० मा लिएको पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले जानकारी दिए ।

गाउँपालिकाले आयोजना गर्ने पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । गाउँपालिकाले पर्यटन प्रवद्र्धनमार्फत स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यले नौ दिने बृहत् कोशी पर्यटन महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष अन्सारीले बताए ।

आगामी माघ १९ देखि २७ गतेसम्म कोशी टप्पु वन्यजन्तु आरक्ष प्रवेशद्वारका रुपमा रहेको पश्चिम कुशाहामा आन्तरिकसँगै छिमेकी भारतका पर्यटकलाई समेत आकर्षित गर्ने योजनासहित महोत्सव आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

प्रदेश १ कै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको सप्तकोशी नदी, कोशी टप्पु वन्यजन्तु आरक्ष र ठूलाठूला सिमसारमा पाइने विभिन्न प्रजातिका पक्षी, जलचर, अर्नासहितका वन्यजन्तु, कोशीको जलयात्राजस्ता धेरै सम्भावनाले यो क्षेत्रका जनताको जीवनस्तर उकास्न सकिने भएकाले त्यसका लागि आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न महोत्सवले थप मद्दत पुर्‍याउने गाउँपालिकाका अध्यक्ष अन्सारीले बताए ।

महोत्सवसँगै यसक्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेर यो क्षेत्रका जनताको स्थानीय उत्पादनको बजार प्रवद्र्धन, होटलसहितका क्षेत्रमा लगानीको सम्भावनालाई व्यवहारमा उतार्ने लक्ष्य रहेको उनले बताए ।

स्थानीयस्तरमा स्थानीय साधन स्रोतबाट उत्पादन हुने उत्पादन, स्थानीय संस्कृति प्रवद्र्धन, स्थानीय खानाका कक्ष, स्थानीय पर्यटकीय क्षेत्रको प्रवद्र्धनमूलक सन्देश, सप्तकोशी नदीमा बोटिङ, हात्ती सफारी, आरक्ष अवलोकन र साङ्गीतिक कार्यको प्रर्दशनी गरिने छ ।

कोशी पर्यटन महोत्सवमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  १२ : ५४ बजे

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध