नेपाल आईसीसी विश्वकप २०२१ को ग्लोबल क्वालिफायरमा « Khabarhub

नेपाल आईसीसी विश्वकप २०२१ को ग्लोबल क्वालिफायरमा


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टी–२० विश्वकप २०२१ को सिधै ग्लोबल क्वालिफायरमा पुगेको छ ।

बिहीबार आईसीसीले सार्वजनिक गरेको विश्वकप २०२१ को प्रक्रियामा नेपालले क्षेत्रीय छनोट खेल्नु पर्ने बाध्यता हटेको छ । भारतमा हुने विश्वकपका लागि नेपालले अब एसिया छनोट खेल्नु पर्ने छैन् ।

आईसीसीको टी–२० बरियताको १२ औं स्थानमा रहेका कारण नेपालले सिधै ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपालसँगै जिम्बाबे, युएई र हङकङ पनि पुगेका छन् ।

आईसीसीको वरियताका शीर्ष ८ टोली स्वतः ग्लोबल छनोटमा पुग्नेछन् भने जनवरी १ सम्म बरियताको शीर्ष १२ भित्र अटाउने एसोसियट टोलीले पनि क्षेत्रीय छनोट खेल्नु नपर्ने भएको छ ।

ग्लोबल छनोटबाट उत्कृष्ट चार टिमले विश्वकपमा सहभागिता जनाउन पाउने छन् । ग्लोबल छनोट खेल्ने १६ मध्ये अन्य चार टोलीले क्षेत्रीय प्रतियोगिता खेलेर आउनु पर्नेछ ।

ग्लोबल छनोट २०२१ मार्चदेखि जुलाई सम्म हुनेछ ।  २०२० को अस्ट्रेलियामा हुने विश्वकपमा भने नेपाल ग्लोबर क्वालिफायरबाट आउट भएको थियो ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ६ : ५३ बजे

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै