अमेरिका हिडेका दुई हजार व्यक्ति मेक्सिकोमा पक्राउ « Khabarhub

अमेरिका हिडेका दुई हजार व्यक्ति मेक्सिकोमा पक्राउ


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिका हिँडेका मानिस मेक्सिकोमा पक्राउ परेका छन् ।

मेक्सिकाका आप्रवासन अधिकारीहरूले देशको दक्षिणी सिमानामा दुई दिनअघि पक्राउ परेका व्यक्तिका बारेमा आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छ ।

ग्वाटेमालाबाट सीमा पार गरेर मेक्सिकोतर्फ प्रवेश गरेका २ हजार भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको मेक्सिकोले जनाएको छ ।

नेशनल इन्स्टिच्युट अफ माइग्रेसन (आईएनएम) का अधिकारीहरूका अनुसार पक्राउमा परेका व्यक्तिहरुमा एक हप्ता अगाडि होन्डुरस छाडेका ‘२०२० काराभान’मा आबद्ध व्यक्तिसहित अन्य ठाउँबाट देशभित्र प्रवेश गरेका धेरै व्यक्ति रहेका छन् । यी व्यक्तिहरु मेक्सिको हुँदै संयुक्तराज्य अमेरिका प्रवेश गर्ने योजनामा थिए ।

आइएनएमले करिब १ हजार ३ सय व्यक्तिलाई टाबास्को र अरु ८ सय जना चियापास क्षेत्रमा पक्राउ गरिएको जनाएको छ ।

बुधबार, मेक्सिकोका दुई दक्षिणी राज्यहरूबाट सरकारी हवाई जहाज र बसहरू मार्फत ४६० जना होन्डुरसका नागरिकलाई उनीहरुकै देश फिर्ता पठाइएको मेक्सिकोको गृह मन्त्रालयले जनाएको छ ।

ग्वाटेमालाको टेकुन उमान हुँदै क्याराभानमा संलग्न सयौं व्यक्तिले सोमबार बिहान सीमावर्ती सुसिएट नदी पार गर्ने प्रयास गरेका थिए । उनीहरुले मेक्सिकोका अधिकारीहरु समक्ष संयुक्तराज्य अमेरिका प्रवेशका लागि यात्रा अनुमतिको माग गरेका थिए ।

मेक्सिकोका अधिकारीहरूले जवाफ नदिएपछि उनीहरु जबर्जस्ती नदी तर्न थालेका थिए । यस मौसममा नदी त्यति गहिरो छैन । तर मेक्सिकोको सेनाले उनीहरुमाथि तितरबितर बनाउन र फिर्ता गर्न अश्रुग्यास प्रहार गरेको थियो ।

सेनाको कारबाहीका बाबजूद करिब ५ सय व्यक्ति अवैधानिक रूपमा मेक्सिको प्रवेश गर्न सफल भएका थिए, यद्यपि तीमध्ये करिब ४ सयलाई पछि पक्राउ गरिएको थियो ।

मध्य अमेरिकी राष्ट्रहरु एल साल्भाडोर, ग्वाटेमाला र होन्डुरसमा व्याप्त गरिबी र हिंसाका कारण भागेका हजारौं व्यक्ति सुरक्षित भविश्यको खोजीमा मेक्सिको पार गर्दै संयुक्तराज्य अमेरिकातिर लागेका हुन् ।

मेक्सिकोको सेनाले निरुत्साहित गरेका कारण ग्वाटेमालाका व्यक्तिहरु स्वदेश फर्कन राजी भएका छन् ।

आप्रवासीको अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्दै गत वर्ष निर्वाचित मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले प्रवासीहरु दक्षिणी मेक्सिकोमा रहन चाहेमा ४ हजार जनालाई रोजगारी दिने प्रस्ताव गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा कडाई गर्न निरन्तर दबाब दिएपछि मेक्सिकोले आप्रवासीका सम्बन्धमा कडा कदम चाल्न थालेको हो ।

अमेरिकाले आफ्नो देशतर्फ अनधिकृत रुपमा प्रवेश गर्न चाहनेमाथि कडा कदम नचाले मेक्सिको विरुद्ध व्यापार शुल्क बढाउने धम्की दिएको थियो ।

अमेरिकाको आग्रहमा राष्ट्रपति ओब्राडोरले देशको सिमानामा करिब २६ हजार सेना खटाएका छन् ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  १० : ५० बजे

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३